नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताउनुभएको छ ।
प्रदेश १ प्रदेश सभाले प्रदेशको नामाकरण गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको नियमित कामकाजमा कमी आए पनि प्रदेश सरकार र स्थानीय तहको आम्दानी समेत प्रभावित भएको छ ।
पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।
झापामा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुर चोकमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा दुई जना पैदलयात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको हो ।
सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन चिह्न संशोधन गरिएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पार्टीको निर्वाचन चिह्न औपचारिक रूपमा संशोधन गरिएको जानकारी दिनुभयो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सात महिनामा ४७ सवारी दुर्घटनामा हुँदा २२ जनाको मृत्यु भएको छ । यस अवधिमा एक सय ४८ घाइते भएका छन् ।
हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताउनुभएको छ ।
आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । अब प्रतिनिधि सभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।
राष्ट्रपतिको निर्वाचन सम्बन्धमा नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।