नीलगिरि माध्यमिक विद्यालय पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका–५ स्थित मुक्तुरा छ । नेपालको पूर्वी पहाडी क्षेत्रका ग्रामीण बस्तीका मानिसलाई चेतनाको ज्योतिले उज्यालो पार्ने तीर्थमध्येको यो एक हो । हरिनारायण खनाल, नेत्रप्रसाद सङ्ग्रौलाजस्ता स्थानीय शिक्षाप्रेमी र बुद्धिजीवीहरूको नेतृत्व अनि स्थानीयको सामूहिक पहलमा वि. सं. २०१५ मा प्राथमिक विद्यालयका रूपमा यस विद्यालयको स्थापना भएको थियो । आजसम्म आइपुग्दा यसको निकै लामो इतिहास र विरासत बनिसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जिम्मेवारीसमेत तोकेको छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लाको कृषि तथा पशुसम्बन्धी तथ्याङ्क एकीकृत सफ्टवेयरमा राखिने भएको छ। कृषि विकास कार्यालय सल्यानमा तथ्याङ्क सङ्कलनसम्बन्धी कर्मचारीलाई अभिमुखीकरण कार्यक्रमको थालनी गरिएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लामा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार सल्यानबाट अभिमुखीकरण सुरु गरिएको हो।
रुकुमपश्चिमका चार स्थानीय तहमा करिब नौ महिनापछि जग्गाको कित्ताकाट खुला गरिएको छ। जेठ अन्तिम साताबाट बन्द गरिएको जग्गाको कित्ताकाट फागुन १५ गते सोमबारदेखि खुला भएको हो। जिल्लाको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाट खुला गरिएको मालपोत कार्यालय रुकुमपश्चिमले जनाएको छ।
मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ ।
भागेश्वर गाउँपालिकाको स्थायी मुकामको विवाद अझै सुल्झिन सकेको छैन। बारम्बार सर्वपक्षीय बैठक गरिए पनि स्थायी मुकाम कुन ठाउँमा बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन। गाउँपालिका–४ स्थित बगरकोटको अस्थायी मुकामबाट सेवा दिइरहेको छ।
सङ्गठन सुदृढीकरण गर्न नेकपा (एमाले), अछामले वडा तहमै प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रको निर्णयअनुसार खटिएका केन्द्रीय र प्रदेश सदस्यसँगै जिल्ला सदस्यलाई हरेक वडामा जाने गरेर खटाएको हो। जिल्ला कमिटीका सदस्यलाई अर्को स्थानीय तहको वडामा पार्टीको समग्र काम गर्नलाई खटाइएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनुभयो। वडा तहमा पार्टीको अवस्था विश्लेषण, सदस्यता नवीकरण र सङ्कलन, जनवर्गीय सङ्गठन गठन/पुनर्गठन, नागरिकका सरकार र पार्टीप्रतिका गुनासा सङ्कलनको काम गरिने बताइएको छ।
लास्कु खोलामा भदौ २४ गते आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ। एक विद्यालयसहित १२ घर बगाएको बाढीले सदरमुकाम क्षेत्रमा बनेको पक्की तटबन्धको रिङ्नेतालदेखि लास्कु खोलासम्म क्षति पु-याएको थियो। बाढी प्रभावित क्षेत्रमा समयमै तटबन्ध नबने फेरि बाढी बङ्गाबगर क्षेत्रको बस्तीमा पस्ने जोखिम रहेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो।
समुद्रमुनि बिछ्याइएको अप्टिकल फाइबर (सबमरिन केबल) अहिले विश्वलाई जोड्ने सेतु बनेको छ । हामीले चलाइरहेको इन्टरनेट अधिकांश भारतको मुम्बईबाट आएको छ । नेपाली इन्टरने
पश्चिम नेपालका तीन प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यलयमा विद्यार्थीहरू सामूहिक रूपमा बेहोस हुन थालेपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। आइतबार बिहान प्रार्थना गर्ने क्रममा कक्षा ७ मा अध्ययनरत एक बालिका अचानक बेहोस भएर ढलेको केही समयमा कक्षा ७ का अन्य छ जना विद्यार्थी बेहोस भएका थिए। पहिलो दिन बेहोस भएका विद्यार्थीलाई उपचार र आराम गर्न भन्दै विद्यालयले घर पठाएको थियो। सोमबार बिहान पुनः विद्यार्थी विद्यालय आउने क्रममा कतिपय विद्यार्थी विद्यालय परिसरमा पुग्नासाथ बेहोस हुन
कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्त्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो ।
एक दिन बिराई स्वास्थ्य संस्थामा जाने अर्जुनचौपारी गाउँपालिका–२, केवरेकी ८४ वर्षीया द्रुपती केसीको बाध्यता अहिले हटेको छ। उच्च रक्तचाप र दमको बिरामी केसीलाई बुढेसकालमा उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी खटाएपछि हटेको हो। पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमा स्वास्थ्योपचार कार्यक्रम बढाएपछि केसीजस्ता सयौँ नागरिकले घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका हुन्।