• १३ साउन २०८१, आइतबार

नेकपा एसको सचिवालय बैठक सुरु

blog

नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं, फागुन १७ गते । नेकपा (एकीकृत समाजवादी) काे सचिवालय बैठक सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठकमा राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने गरी कांग्रेससहित आठ दलीय गठबन्धनमा आबद्ध भएको सो पार्टीले बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आउनुभएको छ ।