• १ पुस २०८२, मङ्गलबार

एमाले ११ औं महाधिवेशनः गुल्मीबाट आठ जनाको उम्मेदवारी

blog

रमेश विश्वकर्मा 
गुल्मी, पुस १ गते।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनमा गुल्मी जिल्लाबाट आठ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको छ। उपाध्यक्ष पदका लागि गोकर्ण बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको हो।

केन्द्रीय सदस्य पदका लागि प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, कमलराज श्रेष्ठ, गणेश खनाल, जंग नेपाली, भिम पौडेल र राजेन्द्र अर्यालले उम्मेदवारी दर्ता गराउनुभयो। महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज दिउँसो मतदान हुने कार्यतालिका छ। 

गुल्मीबाट प्रभावशाली मानिने नेता ज्ञवाली र बिष्ट यसपटक एउटै कित्तामा उभिएका छन्। संस्थापन पक्षमा दरिलो रुपमा उभिएका ज्ञवालीले मौन बिद्रोह गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। जिल्लाबाट धेरै नेताहरुको सहभागिताले महाधिवेशनमा जिल्लाको उपस्थिति र भूमिकालाई थप बलियो बन्ने नेताहरूको तर्क छ।