प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
मोरङ क्षेत्र ३ (क)का प्रदेश सभा सदस्य मानबहादुर लिम्बूका अनुसार प्रदेशको नाम ‘कोसी’ प्रदेश राख्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै विरोध गरेका छन्।
सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि नयाँ प्रस्तावको काम गर्दै मन्त्रालय
अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज (बुधबार) परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कायम भएको हो ।
ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चार वटा मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुझाव दिएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो ।
गोरखापत्र संस्थानको व्यवस्थापन तथा सम्पादकीय नेतृत्व र संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासका प्रतिनिधिबीच आपसी हित र प्रविधिको आदान प्रदानका विषयमा छलफल भएको छ ।
मापसे गरेर स्कुल बस चलाउने ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतम निवासमा आज बुधबार उहाँहरुबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता मधेशी समुदायसहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताउनुभएको छ ।