• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

blog

एकीकृत समाजवादीको सचिवालय बैठकका निर्णयबारे जानकारी दिनुहुादै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा ।

काठमाडौं, फागुन १७ गते। नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। 

एकीकृत समाजवादीको अलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “आज ५१ औँ सचिवालय बैठक बस्यो। आज एउटा मात्रै निर्णय गरेका छौँ। आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेका छौँ।”

समाजवादीले आठ दलको साझा उम्मेदवार पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मतदान गर्ने निर्णय गरेको हो।