• १३ साउन २०८१, आइतबार

प्रदेश १ को नाम ‘कोसी’ राख्ने विषयमा छलफल जारी

blog

प्रदेश १ प्रदेश सभा । फाइल तस्बिर

हरिप्रसाद कोइराला

विराटनगर, फागुन १७ गते। प्रदेश १ को नाम कोसी राख्ने प्रस्तावमाथि प्रदेश सभाको बैठकमा छलफल जारी छ।  मोरङ क्षेत्र ३ (क)का प्रदेश सभा सदस्य मानबहादुर लिम्बूका अनुसार प्रदेशको नाम ‘कोसी’ प्रदेश राख्ने प्रस्तावमाथि छलफल भइरहेको छ। 

एमालेका प्रदेश सभा सदस्य रामराना मगर प्रस्तावक रहेको प्रस्ताव प्रदेश सभामा पेश भएपछि छलफल सुरु भएको हो। 

प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढेको हो।

प्रदेश १ को नाम ‘कोसी’ राख्न दलहरूबीच सैद्धान्तिक सहमति भएको छ।

प्रदेश १ मा पहिचान पक्षधर विभिन्न समूहले पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै दबाब दिइरहेका छन्। 

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञासम्बन्धी सूचना जारी गर्नुहुँदै प्रदेशको नामकरण आजै गर्ने तयारी गरेपछि प्रदेश सभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरेको जानकारी दिनुभयो।

प्रस्तावमाथि छलफल सकिएपछि मतदानको प्रक्रियाबाट प्रदेशको नाम सभामुखले घोषणा गर्ने कार्यसूची छ।