• ११ मंसिर २०८१, मङ्गलबार

शिविरमा तीन हजारभन्दा बढीको आँखा जाँच

blog

लहान-१० मा आँखाजाँच शिविरमा सहभागी स्थानीय विपन्न दलित समुदाय। तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, फागुन १७ गते। लहान नगरपालिकाले आयोजना गरेको आँखा जाँच शिविरमा अहिलेसम्म तीन हजार भन्दा बढीको आँखा जाँच भइसकेको छ। ५२७ जना बिरामीको शल्यक्रियासमेत भइसकेको सगरमाथा चौधरी आँखा अस्पताल लहानले जनाएको छ। 

लहान नगरपालिकामा दलित विपन्न बस्तीका स्थानीय आँखा अस्पतालमा आँखा जाँच गराउन नजाँदा दृष्टि नै गुमाई अन्धो हुने गरेको समस्या देखिएपछि लहान नगरपालिकाले प्रत्येक वडामा एक दिवसीय आँखा शिविर अभियान नै सुरु गरेको हो। 

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको अनुसार अहिलेसम्म १३ वटा वडामा शिविर सम्पन्न हुँदा तीन हजार ६९९ जनाले आँखाका जाँच गराएर ५२७ जनाले शल्यक्रिया गराएर स्वास्थ्य लाभ लिएका छन्। विपन्न दलितलाई शल्यक्रिया गराउन समेत नगरपालिकाले सहयोग गरेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो।