नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग स्वरुप उपलब्ध गराउनुहुने भएको छ ।
नवलपुरको गैँडाकोटमा बालबालिकालाई व्यवहारिक ज्ञान दिन असल संस्कार कक्षा सञ्चालन भएको छ । पछिल्लो समय सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दैगएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले असल संस्कार कक्षा सञ्चालन गरिएको हो ।
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचीकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।
खोटाङ जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् ।
नेपाली सेनाले जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ । कार्तिक १७ गते जाजरकोटमा भूकम्प गएलगत्तै परिचालित सेनाले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको हो ।
प्रेस काउन्सिल नेपालले होडबाजी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई सङ्घीय सांसद तथा प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब र पार्टीको तर्फबाट २५ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरूको उपचारका लागि सहयोग गर्न नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नवलपुर शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ ।
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबिचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ ।
कालीगण्डकीमा सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ ।
भूकम्प प्रभावितले खुला आकाशमुनी रात बिताएका छन् । शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले आकाशमुनी रात बिताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।