काठमाडौं, कात्तिक १९ गते । नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोगस्वरुप उपलब्ध गराउनुहुने भएको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको १५ दिन बराबरको तलब सहयोग गर्ने निर्णय भएको हो ।
प्रमुख सचेतक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण मानवीय क्षति, भौतिक क्षति सयौँ घाइतेप्रति कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःख प्रकट गरेको उल्लेख छ ।
यस्तै, बैठकले विनासकारी भूकम्पका कारण जीवन गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                