प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई विद्यार्थीको शव डोटी ल्याई आफन्तको जिम्मा लगाइएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा व्यक्तिले असुल्दै आएको पाइएको छ ।
नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्याउने उद्देश्यले ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका-१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रूपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका छन् ।
नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यस वर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्पपीडितका लागि तत्काल १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षा अध्यक्ष प्रा.शिवलाल भुसाललाई नियुक्त गर्नुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो ।
नेपाली कांग्रेसले धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।