• ४ जेठ २०८१, शुक्रबार

कांग्रेसद्वारा बाजुरा जीप दुर्घटनाप्रति दु:ख व्यक्त

blog

काठमाडौं, कात्तिक १९ गते । नेपाली कांग्रेसले धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शनिबार राति २ः२८ बजे केआइसिंह राजमार्गबाट ५०–६० मिटर तल दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँचजना घाइते भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।   

घाइतेहरुको शLघ्र स्वास्थ्य लाभको काम गर्दै उचित उपचारकोे व्यवस्था मिलाउन कांग्रेसले सरकारसँग माग पनि गरेको छ ।