त्रिपुरासुन्दरी नगरपालिका –३ सुउँका वडाअध्यक्ष सशस्त्र प्रहरीको लाठी लागेर गम्भीर घाइते हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताउनुभएको छ ।
सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो ।
भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ ।
सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ ।
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम मान्दै आइएको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ ।
प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु गरिने परम्परा छ ।
लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उहाँले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्यो ।
सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं. ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या दैनिक बढ्न थालेको छ।
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महानगर प्रमुख साहविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ ।
बेइजिङस्थित एक अस्पतालमा भएको आगलागीमा परी २९ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आठ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेको छ ।
आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।