• १२ साउन २०८१, शनिबार

जाजरकोटमा आइतबार पनि दुई भूकम्प

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक १९ गते । जाजरकोटमा आज  (आइतबार)  पनि दुई पल्ट भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो । 

त्यसको एक घण्टापछि नै २:२४ बजे ४.१ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । जाजरकोटमा गत शुक्रबार राति ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टरमाथिका सातवटा भूकम्पका धक्का मापन भएका छन् ।