पाल्पाका विद्यालयले ‘किताबरहित शुक्रबार’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यावहारिक सिप सिकाएका छन् । जिल्लाको रामपुर नगरपालिकाभित्रका विद्यालयले किताबरहित शुव्रmबार कार्यक्रम सञ्चालन गरेका हुन् । यहाँका विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा सिप सिकाउने उद्देश्यले व्यावहारिक सिप सिकाएका हुन् ।
इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो ।
भूकम्पमा परी दुई छोरी गुमाएका आठबिसकोट नगरपालिका–१४, टाकुराका ३८ वर्षीय गणेश मल्ल सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी घाइते छोरा र श्रीमती नगर अस्पतालमै उपचारमा हुनुहुन्छ ।
मनाङ ङिस्याङ गाउँपालीका १ स्थित पिसाङ गाँउ र अन्नपूर्ण पदमार्ग नजिकै रहेको स्वर्गद्वारी पहाड ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएका बाँसबाट निर्मित भकारी । परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन ।
भाँचिएका हड्डी, च्यातिएका छाला, भत्किएका घर ! कोही आफन्त गुमेका छन्, तिनको सनाखत हुन सकेको छैन, कोही आफन्त उपचार शय्यामा छट्पटिएका छन् ! कता हेर्ने, कसलाई सम्हाल्ने ? परिवारका सदस्य र घर गुमाउनु परेकाहरूको यस्तो मनोदशा अनि बाँचेका पनि पलाउँदो शरदीय चिसो आकाशमुनि भोको पेटको बास ! आफू भएर सोच्दा कहालीलाग्दो यो अवस्थामा रहेका जाजरकोट/रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकको पीडा समन गर्न राज्य /नागरिक तहबाट यथासम्भव सक्रियता प्रदर्शन भएको छ । शुक्रबार मध्यरातमा भूकम्पले थिचिएका नागरिकको खोज, उद्धारमा शनिबार बिहानैदेखि स्वयम् सक्रिय प्रधानमन्त्री पुष्पकमल दाहा
समयक्रमसँगै अर्थतन्त्रमा परिवर्तन आइरहन्छ । अर्थतन्त्रले समय समयमा आन्तरिक र बाह्य दबाबहरू झेल्नुपर्ने हुन्छ । जनसाङ्ख्यायिक बनोट, उपभोक्ताको चाहना, र प्रविधिमा निरन्तर परिवर्तन आइरहन्छ । यसका अतिरिक्त भूराजनीतिक द्वन्द्व, देशहरूबिचका आर्थिक स्वार्थ, बहुपक्षीय संस्थाहरूका नियम आउने परिवर्तनले पनि अर्थतन्त्रमा परिवर्तन ल्याइरहन्छ । कहिलेकाहीँ यस्ता परिवर्तनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ भने कहिले नकारात्मक पनि । हाल नेपाली अर्थतन्त्रमा शिथि
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रको सर्वाङ्गीण विकास र दिगो अर्थतन्त्रका लागि सन्तुलित वैदेशिक व्यापार अनिवार्य सर्त हो भने विज्ञान तथा प्रविधिको उचित एवं अधिकतम उपयोग नै यसको आधार हो । हामीले वैदेशिक व्यापारका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने र नेपाली मुद्रा विदेशीबाट रोक्न हरसम्भव प्रयास गर्ने हो भने नै अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ ।
आज विश्वव्यापी रूपमा हेर्ने हो भने मिडिया हाउस पुँजीपतिहरूको स्वामित्व र नियन्त्रणबाट सञ्चालन भएको पाइन्छ । पुँजीवादको गुणगान गाउन, उनीहरूका उत्पादित वस्तुको प्रचारप्रसार र बजार एकाधिकार गर्न उनीहरूको मिडियामा बढी रुचि भएको पाइन्छ । पुँजीवादी मास मिडियाका बारेमा माक्र्स र एगेल्सले यसरी उल्लेख गरेका छन् ‘‘समाजको शासक भौतिक शक्ति भनेको वर्ग एकै समयमा यसको शासक बौद्धिक शक्ति हो । जसको हातमा भौतिक उत्पादनका सा
राम्रोसँग परीक्षण नै नगरी शय्यामा सुताएर शल्यक्रिया गर्न मिल्दैन भनेपछि यही असार २१ गते शिक्षण अस्पताल महाराजगन्जबाट गह्रौँ मन लिएर फर्केको हिजो जस्तो लागेको थियो । दसैँको लागि स्कुल बिदा भइसकेको थियो । काखीमुनिको गिर्खा मेमोग्राम र भिडियो एक्सरेका जाँचहरूले नराम्रो नदेखाए पनि महिलाहरूमा बढ्दो बे्रस्ट क्यान्सरका कारण पछिसम्म नराख्नु नै ठिक भनेपछि फेरि पनि एकचोटि शल्यव्रिmया गरेर फाल्ने निर्णय ग¥यौँ । कसैलाई पनि अस्प
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर्ष हुने पुष्प व्यवसायीले जानकारी दिएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति चितवनका सचिव सुलभ श्रेष्ठले जिल्लाको मागलाई यहाँको उत्पादनले पुग्ने बताउनुभयो ।
गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।