सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्च समेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो ।
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो ।
भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।
भूकम्पले जनधनको क्षति गरेपछि रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका भूकम्प पीडित र प्रभावित परिवारहरूले घरबाहिरै दिनरात कटाउने गरेका छन् ।
नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी
नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ ।
जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ । भारतीय दूतावासकोे आर्थिक सहयोगमा २०६२ साल पुस १४ गते छात्रावास भवन निर्माणका लागि शिलान्यास भएको थियो । गौर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको उक्त छात्रावा
धनुषा जिल्लाको सीमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का किसान रामबुझावन यादवको चार कट्ठा चार धुर क्षेत्रफल खेतमा रोपेको हरियो धान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काट्न लगाएपछि उक्त जमिन निल्नु न ओकल्नु जस्तो भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सीमास्तम्भ गाडिएपछि उक्त जमिन न बेच्न मिल्यो, न त त्यसमा खेती नै गर्न पाइयो ।”
चीनको होङजाउमा सम्पन्न १९ औँ एसियाली खेलुकद (एसियाड) मा नेपालले दुई वटा पदक मात्रै जित्न सक्यो । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म भएको एसियाडमा नेपाललाई एक रजत र एक कांस्य पदक मात्र प्राप्त भयो । तर यसपालि जितेको पदक भने विशिष्ट छ । नेपालले पहिलो पटक कराँतेमा रजत पदक जित्यो भने एसियाडमा पहिलो पटक सहभागिता जनाएको महिला कबड्डी टोलीले कांस्य पदक हात पा¥यो ।
पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ ।
साँगुरीगढी गाउँपालिका धनकुटाको मात्र नभई कोशीको प्रवेशद्वारका रूपमा रहेको पालिका हो । कुल १९ हजार ५६१ जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि एक दिन अगावै टोकन लिने व्यवस्था गरिएको छ । दशै तिहार जस्ता पर्वहरूको मौका छोपी राहदानी बनाउन आउनेको भीड लागेपछि एक दिन अगावै टोकन वितरण गर्ने गरिएको प्रशासनले जनाएको छ ।
पहाडी क्षेत्रमा अहिले ढकमक्क सयपत्री फुलेको छ । भाइटीका आउन अझै डेढ हप्ता बाँकी छ । पोखरा–३१ का फूल किसान केशवराज तिवारीलाई भाइटीकासम्म सयपत्री सुक्ने हो कि भन्ने चिन्ता छ । तिवारी जस्तै धेरै परम्परागत रूपमा फूल रोप्नेलाई अहिले यो चिन्ता छ । पोखराका अग्रज नर्सरी व्यवसायी वसन्त बानियाँ यो वर्षको तिहार कात्तिक अन्तिममा परेकाले यस्तो अवस्था आएको बताउनुहुन्छ । “व्यावसायिक फूल खेती गर्नेले दिन गनेर फूल रोप्ने गर्छन् । परम्परागत रूपमा फूल रोप्नेले मौसम अनुसार फूल रोप्दा तिहारअघि नै सयपत्री फुलेको छ ।”
पर्वतको कुस्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्न खरिद गरिएको सेनेटरी प्याडमा आर्थिक चलखेल भएको आरोप लागेको छ । आर्थिक अनियमितताका कारण सेनेटरी प्याडको भुक्तानी रकम रोकिएको छ । नेपाल सरकारको ससर्त अनुदान अन्तर्गत आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार सेनेटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग २०८० असार १२ मा सम्झौता भएको थियो ।