दैनिक विद्यार्थी विदेशिने क्रम बढेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थी विदेशिनुबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताउनुभएको छ ।
गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन कालिगण्डकी गाउँपालिकाले सक्रियता बढाएको छ । पालिकाले विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन सक्रियता बढाएर फूल खेती गरिरहेको छ । यहाँ पालिका, विद्यालय तथा सामूहिक व्यावसायिक फूल खेती गरिएको छ ।
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४१ जनाको उपचार भइरहेको छ ।
जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपत्कालीन उडान भइरहेका छन् ।
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ ।
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार ६४७ रुपियाँ भ्रष्टाचार मुदा दायर भएको छ ।
गत शुक्रबार रामपुर आधारभूत विद्यालय रामपुर –५ पाल्पाका विद्यार्थीले दीपावलीका लागि माटोको पाला तयार गरे । परम्परागत शैलीमा कपासको बाटी काट्न पनि उनीहरूले सिके ।
नेपालीहरूको दोस्रो ठुलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दीपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।
नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले कर्णाली प्रदेशको भूकम्पपीडितका लागि ६ लाख सहयोग रकम उपलब्ध गराउनेभएको छ ।
‘‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँसु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्नुहुँदै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो ।