बाख्रामा लाग्ने महामारी पिपिआर रोग सुनसरी जिल्लामा फेला परेको छ । वराहक्षेत्र १ चतरामा बाख्रामा केही दिनअघि मात्रै देखिएको पीपीआर रोगका कारण भटाभट बाख्रा मर्न थालेका छन् ।
जाजरकोट र रुकुमपश्चिमको भूकम्पपीडितलाई गोरखाको ११ वटै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन् । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले १ लाख ५० हजारका दरले सहयोग गर्ने भएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिम्मेवार पत्रकार समाजवादको आधार भन्ने नाराकासाथ समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सदरमुकाम दुनैमा सम्पन्न भएको हो ।
तिहार नजिकिँदै गर्दा बाँकेमा जुवाडेहरू धमाधम पक्राउ पर्न थालेका छन् । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गुल्मीमा १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुग्नुभएको छ ।
पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।
लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक-फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) को सोमबार बसेको सचिवालय बैठकले सरकारको केन्द्रीय प्रकोप तथा राहत कोषमा २५ लाख रुपियाँसहित जनप्रतनिधि र सांसदको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ ।
दैनिक विद्यार्थी विदेशिने क्रम बढेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थी विदेशिनुबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताउनुभएको छ ।