• ११ मंसिर २०८१, मङ्गलबार

लागूऔषधसहित छ जना पक्राउ

blog

तस्बिर : लागुऔषध नियन्त्रण ब्यूरो

काठमाडौं, कात्तिक २० गते । लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक-फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौँ-४ की ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गाको खिजीदेम्बा-३ का ३८ वर्षीय गङ्गालाल बि.क., काठमाडौँ गोकर्णेश्वर-४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, त्यही बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिराहा धनगढीमाई-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुरज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दीप ईटानी रहेका छन् । 

उनीहरूलाई पक्राउ गरेको जानकारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी उपरीक्षक)चक्रराज जोशीले दिनुभयो । जोशीका अनुसार उनीहरूले लामो समयदेखि नेपाल-भारत सिमानाबाट लागूऔषध नेपालमा ल्याएर काठमाडौँको विभिन्न स्थानमा कारोबार गर्ने गरेको खुलेकाले थप अनुसन्धान भइरहेको छ ।