सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीन वटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आइडी आदिमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या एक सय ५७ पुगेको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले आइतबार अपराह्न भेरी अस्पतालमा पुगेर घाइतेहरूको उपचार र स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ ।
बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बैठकको निर्णयबमोजिम बुटवलभित्रका सङ्घ संस्था तथा क्लबलाई एकीकृत रूपमा राहत सामग्री पठाउन आह्वान गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री अम्बर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकीको प्रदेश सभा संसदीय दलले भूकम्पपीडितलाई एक साताको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।
नेपाल पौडी सङ्घको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति गएको भूकम्पको कारण रुकुमपश्चिममा भएको क्षति अन्तर्गत मानवीय खोजी र उद्धारको काम सम्पन्न भएको छ ।
जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ ।
नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्दै धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक ‘हाइड्रोजन कार’ ल्याएको छ ।