• ५ जेठ २०८१, शनिबार

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

blog

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।

लीलाधर वली

घोराही, कात्तिक १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार मुख्यमन्त्री चौधरीको अमेरिका भ्रमण र त्यहाँ रहेका दातृ निकायहरूसँग हुने छलफलबाट लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ । मुख्यमन्त्री चौधरी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको प्रेस संयोजक भट्टराईले जानकारी दिनुभयो ।