• ३ पुस २०८१, बुधबार

भारतीय वायुसेनाको विमान नेपालगन्ज आइपुग्यो

blog

सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा आइपुगेको भारतीय वायुसेनाको विमान । तस्बिर : स्रुपनी जिएम/रासस

काठमाडौं कात्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।

आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।

यसअघि शनिबारनै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको थियो  ।

नेपालको जाजरकोटमा शुक्रबार राति ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्विटरमार्फत यस्तो प्रक्रिया दिनुभएको थियो ।

प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ  शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’’