इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्सको पोस्टमा गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा लिभरपलले लिड्सलाई उसैको मैदामा ६-१ गोलले हरायो ।
सर्पले धेरै गर्मी महसुस गर्यो भने उसको दिमागले राम्रोसँग काम गर्न सक्दैन । गर्मीले सर्प दिग्भ्रमित हुन्छ । त्यस अवस्थामा सर्पको आन्तरिक पाचन प्रणाली अत्यधिक सक्रिय भएर उसलाई निकै भोक लागेको महसुस हुन थाल्छ । पेट भरिएको किन नहोस् सर्प जे अगाडि पर्यो त्यो खान तम्सिन्छ । आफ्नो पुच्छरको भाग देख्दा त्यसलाई समेत सिकार ठान्दछ र खान थाल्छ । सर्पले आफ्नै पुच्छर खाइरहेको थाहा पाउँदैन र आफैँलाई निल्दै गएर अन्ततः स्वज्यान लिन्छ ।
अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।
गर्मीयाम सुरु भएसँगै तराई क्षेत्रमा हुने आगलागी, डुबान, नदीको कटान र सर्पको टोकाइजस्ता समस्याको समाधान गर्न स्थानीय सरकार विपत् व्यवस्थापनसम्बन्धी कानुन बनाउन लागिपरेका छन् । विपत् व्यवस्थापनको पूर्वतयारीमा जुट्न नीति तथा कानुनी निर्माणका लागि घोडाघोडी नगरपालिकाले मस्यौदा निर्माण गर्ने तयारी गरेको छ ।
सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज भएको छ। सरकारले उपलब्ध गराउने भत्ताले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकको दैनिकीमा सहयोग पु-याएको सामाजिक सुरक्षा भत्ता लिनेहरूले बताएका छन्। छायानाथ रारा नगरपालिका–६ की ज्येष्ठ नागरिक हिउँकला भामका अनुसार त्रैमासिक रूपमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदा औषधि उपचार, न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल, लत्ताकपडा खरिद गर्न सहज भएको छ। सामजिक सुरक्षा भत्ता पाएपछि लत्ताकपडा र औषधि उपचारका लागि परिवारका सदस्यसँग माग्न नपरेकोमा भामले खुसी व्यक्त गर्नुभयो।
कर्णाली प्रदेशप्रमुख तिलक परियारले कानुनको प्रभावकारी कार्यान्वयनमार्फत दलित महिलाको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ। प्रदेशप्रमुख परियारले कानुन कार्यान्वयन नहुँदा विभेद, अपमान बढेको चर्चा गर्दै कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दलित महिला सङ्घद्वारा सुर्खेतमा सोमबार आयोजित न्याय, समानता र सम्मानका लागि दलित महिलाको प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले समुदायमा दलित र त्यसमा पनि दलित महिला बढी प्रताडित हुने गरेको चर्चा गर्दै उनीहरूलाई राष्ट्रिय मूलप्रवाहमा ल्याउन ढिला गर्न नहुने बताउनुभयो।
एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।
प्रदेश सरकारको ५० लाख बजेटमा भेरी नगरपालिका–४ मा निर्माण गरिएको दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को वार्षिक स्वीकृत बजेटबाट कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थालाई चिस्यान केन्द्र बनाउन सो रकम उपलब्ध गराएको थियो।
सयुंक्त राष्ट्रसङ्घको सदस्यको नाताले सन् २००५ डिसेम्बर १४ देखि लागू भएको भ्रष्टाचारविरुद्धको राष्ट्रसङ्घीय महासन्धिलाई सन् २०११ फेब्रुअरी २३ मा अनुमोदन गरी नेपाल यो महासन्धिको पक्षराष्ट्र बनेको छ। संविधान, कानुनद्वारा भ्रष्टाचारविरुद्ध विश्वसामु प्रस्तुत राष्ट्रिय नीति र कार्ययोजनासमेत बनाउन नेपाल पछाडि परेको छैन। भ्रष्टाचारविरुद्ध सरकार अर्थात् राज्यको प्रतिबद्धता सिङ्गो देशीय प्रतिबद्धता हो। भ्रष्टाचारमुक्त समाज बनाउन राज्यको नीति, नियम, कारबाही प्रबन्धहरूले मात्र नपुग्ने रहेछ। यो त आचरणसम्बन्धी कुरा रहेछ र आचरण नै भ्रष्ट भएपछि के लाग्छ र ? वायुले पेट ढाडिएका बेला पनि घिउ चोर्ने अनि स्फटिक खास्टोले जिउ ढाकेर खाने अनि डकार्ने। यस्तो बानी भएकाहरू आफ्नो घरका हर्पे खोल्नुभन्दा सामाजिक/राज्यकोषमा थुतुनो गाडेर चाट्छन्।
लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
कार्ल मार्क्सवादको चिन्तनले प्रभाव नपारेको क्षेत्र कमै होला । मार्क्सवादबाट प्रभावित साहित्य र चित्रकला हाम्रासामु धेरै छन् । चलचित्र जगत् पनि माक्र्सवादी
पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण समय आएको विश्लेषण हुन थालेको छ। यो शताब्दीको विशिष्टता के औँल्याइन्छ भने यसको आरम्भ नै पृथ्वीको जीवनदायिनी शक्ति खतरामा परिसकेको अवस्थामा भएको थियो। यो बिगँ्रदो स्थिति २०२२–२३ का बीच अझ विकट हुन पुगेको औँल्याइँदै छ। यसका मुख्य दुईवटा कारण बताइएको छ। पहिलो– जलवायुमा परिवर्तन, वायु प्रदूषण, पानीको सङ्कट आदि लगायत एक दर्जन जति गम्भीरतम पर्यावरणीय समस्याहरू। दोस्रो– अत्यन्तै गम्भीर
केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुखसँग आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल ग¥यो। कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुखले आगामी वर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव थोरै दिए, गुनासा धेरै पोखे। पूर्वाधार निर्माणका योजनामा कमिसनको चलखेल रहेको, पालिकामा योजना पठाउँदा कुनै समन्वय नभएको, आफ्ना कार्यकर्ता पोस्ने गरी बजेट बाँडिएकोजस्ता गुनासामै समय व्यतीत भयो।