भारतबाट नेपालगन्ज फर्किंदै गरेका दाङका गोपिराम खत्री नेपालगन्ज नाकाबाट बेपत्ता हुनुभएको छ । दाङ बंगलाचुली गाउँपालिका –४ गहतेर निवासी ५४ वर्षीय खत्री दिल्लीबाट नेपालगन्ज हुँदै घर जाने क्रममा शुक्रबार अपरान्ह ३ देखि ४ बजेतिर नेपाल–भारत सीमा नाकाबाट बेपत्ता हुनुभएको हो ।
गण्डकी प्रदेशमा विद्युुत् आपूर्तिको गुुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ ।
गुल्मी उद्योग वाणिज्य सङ्घको आकस्मिक पदाधिकारीहरुको बैठकले नेपाल सरकार भूकम्प प्रभावित क्षेत्रको राहत सङ्कलन खातामा उपलब्ध गराउने निर्णय गरेको हो ।
जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ ।
राउटे समुदायका पूर्व मुखिया (महामुखिया) महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका –३ छामघाटमा आइतबार बिहान उनको निधन भएको हो ।
जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा कात्तिक १५ गतेदेखि तम्घासमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका फाइनल खेलमा सत्यवती गाउँपालिका प्रथम भएको छ ।
कैलालीको गोदावरी नगरपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले जाजरकोट र रुकुमपश्चिम लगायतका विभिन्न जिल्लामा रहेको भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।
गए राति फ्लाइ दुबइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताउनुभयो ।
कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी सिद्धार्थ राजमार्गअन्तर्गत रम्भा गाउँपालिका–३ सेरामा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा उहाँले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।