जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ ।
कर्णाली प्रदेश सरकारले आज (आइतबार) भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक मनाउने निर्णय गरेको छ । सबैलाई सार्वजनिक रूपमा शोक बनाउन आव्हान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले जानकारी दिनुभयो ।
काठमाडौँ, कात्तिक १९ गते । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो । रासस
चाडपर्व आउँदा होस् वा पाँच/सात दिन बिदा भयो भने कतै घुम्न जान पाए हुन्थ्यो भन्ने कुराले नेपालीलाई तानेकै छ । नेपालीमा पाँच दिनको प्याकेजमा महँगो शुल्क तिरेर थाइल्यान्ड जानुको सट्टा आफ्नै देशका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्ने प्रचलन बढ्दै गएको पाइएको छ ।
गैरनाफामूलक च्यारिटीका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार आफ्नो स्थापनाको रजत जयन्ती महोत्सव आयोजना गरेको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।
जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिमा गाउँपालिका १ देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकायाको मृत्यु भएको हो ।
सङ्ग्रहालयको पूर्वतिरको भित्तामा एक घडी आकारको ठुलो काठेबोर्ड थियो, जसका भित्री र बाहिरी दुई चक्रहरू थिए । बाहिरी चक्रमा एउटा मात्र गोलाकार प्वाल थियो, जसबाट कुनै जनावरले दर्शकहरूलाई चियाइरहेको चि
गएराति जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र रुकुमपश्चिम जिल्लामा जनधनको ठुलो क्षति भएको छ । भूकम्प केन्द्रबिन्दु रहेको स्थानसँग जोडिएका गाउँबस्तीमा ठुलो क्षति भएको जनाइएको छ । सो क्षेत्रमा सरकारी तथा विभिन्न सामाजिक सङ्घ संस्थाको उद्धार तथा उपचार टोली, राहत र औषधीलगायतका सामग्री बोकेर स्वयम्सेवक र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
कसैको नामले कर्म सम्झाउँछ, कसैलाई कर्मले नै नाम दिन्छ । बेलायतमा जन्मिनुभएका कलिन फिलिप स्मिथलाई कर्मले नाम दियो, पुतली बाजे । कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम यही बन्न पुग्यो । ३० वर्षको लक्का जवान हुँदा नेपालीलाई पढाउन आउनुभएका विदेशी शिक्षक स्मिथ कालान्तरमा नेपाली नै बन्नुभयो ।
जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।
नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् ।
ताप्लेजुङको पर्यटकीय गन्तव्य ओलाङ्चुङगोलामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय मौसमसँगै फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको हो ।
नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।