बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीसले १२ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ ।
दक्षिणी इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको वराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीरलाई शनिवार साँझ सप्तकोसी नदीमा अन्त्येष्टि गरिएको छ ।
दसैँको बिदा सकिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता लिने सेवाग्राहीको भिड बढेको छ । यसअघि दैनिक ३०/४० जनाले नागरिकता लिने गरेकोमा दसैँ बिदापछि दैनिक दुई सय जनाले नागरिकता लिइरहेका छन् । दसैँ बिदा सकिएको भोलिपल्ट आइतबारदेखि प्रशासन कार्यालयमा सेवाग्राहीको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताउनुभयो ।
दसैँ सकिएलगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ पुगेको छ । सीमापारिको भारतीय बजार रक्सौलमा बढीमा ८० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याज स्थानीय तस्करले वीरगन्जसम्म ल्याएर महँगोमा बेचिरहेका छन् ।
धनकुटा नगरपालिकाको सुकेपोखरीमा स्थानीय सोमबहादुर शाहीले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ । उहाँले लगाएको फूल ढकमक्क फुलेको मात्र छैन, फुलेर सुक्नसमेत थालेको छ । गत वर्ष फूलबाट राम्रै आम्दानी लिनुभएका शाही यो वर्ष भने आधा पनि आम्दानी नहुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । खेतमा रहेको फूललाई तिहारसम्म राख्न सकिँदैन कि भन्ने चिन्ता पनि उहाँलाई छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तमा एक अर्ब २० करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९५ अर्ब ६२ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।
भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय खोज र उद्धारमा सक्रिय बनेको छ । नेपाली सेनाले मेडिकल टिमसहित तीन वटा बटालियन फौज परिचालन गरेको छ । नेपाली सेनाले घाइते र बिरामीको उद्धार तथा राहत सामग्री ढुवानीका लागि पाँच वटा हवाई साधन परिचालन गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेकाको खोज तथा उद्धारका लागि काठमाडौँ, सुर्खेत र नेपालगन्जमा नेपाली सेनाको खोज तथा उद्धार टोली र मिश्रित विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।
जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धारमा राजनीतिक दलहरूले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका छन् । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि ५० लाख रुपियाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
भूकम्पका घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा राहत तथा उद्धारका लागि स्वास्थ्य सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग छलफल गरेको छ । घाइतेको उपचारका लागि प्रदेशहरू र सङ्घीय अस्पताल पनि तयारी अवस्थामा राखिएको छ । आवश्यक जनशक्ति र औषधी पठाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विश्व स्वास्थ्य सङ्गठन, सेभ द चिल्ड्रेन, वन हर्टलगायतका सङ्घ संस्थाका पदाधिकारीसँग छलफल गर्दै घाइतेको निःशुल्क उपचार गर्ने बताउनुभयो ।
विसं १३१० मा गएको भूकम्पले थुप्रै देवालय र घर भत्किए, भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गयो । विसं १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो । विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए । विसं १७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए ।
भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बस्नुभयो र सुत्न जानुभयो । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आउनुभएका रूपकले भन्नुभयो, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”
शुक्रबार राति गएको भूकम्पमा परी मानवीय र भौतिक क्षति व्यहोरेका रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका स्थानीयहरुको त्रिपालमुनि बास भएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइतेहरु उपचाररत हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट २५ जना घाइतेको उपचारका लागि उद्धार गरिएको छ ।