शुक्रबार दिउँसो मात्र नेपालीमा ठुलो खुसी छाएको थियो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसिया क्षेत्रबाट नेपाल छनोट भएको हर्षोल्लाष थियो । खुसीसँगैको नेपालीको आरामदायी निद्रा भूकम्पले मध्यरातअघि खोसिदियो । मध्यरात नहुँदै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प र लगातारका परकम्पबाट खास गरी जाजरकोट र रुकुमपश्चिममा अकल्पनीय मानवीय एवं
कुनै पनि निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि सो निर्वाचनमा मतदाता को को हुन् र मतदाता कति छन् भन्ने यकिन गर्नु सबैभन्दा महत्वपूर्ण कार्य हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि नीतिगत रूपमा विभिन्न निर्वाचनसम्बन्धी कानुन, नियम, निर्देशिका, कार्यविधि तथा मापदण्डहरू रहेका छन् तर निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मतदाता हुन् । त्रुटिरहित मतदाता नामावली तयार पार्ने कार्य निर्वाचन आयोगको हो । आयोगले आफ्नो संवैधानिक दायित्व अन्त
शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन ।
शिक्षालाई मौलिक हकमा राख्ने थोरै मुलुकको सूचीमा नेपाल पनि पर्छ । यसैले नेपालको संविधानमा मौलिक हकको ग्यारेन्टी गर्ने कार्यहरू अन्तर्गत शिक्षासम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको अवस्था छ । शिक्षाको हकको अतिरिक्त शिक्षामा नागरिकको पहुँचलाई समेत मौलिक हकका रूपमा संविधानले आधारभूत परिभाषित गरेको अवस्था छ । उदाहरणका लागि आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निः
झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङ गाउँपालिकाको वडा नं. ४ की ९० वर्षीया अनन्तमाया देवान ३ घण्टा लगातर हिँडेर धनी पुर्जाको निस्सा पाइन्छ भनेको थाहा पाएर वार्ड कार्यालयसम्म आउनु भयो । जब निस्सा पाउनु भयो उहाँ एक छिन भक्कानिनुभयो ।
सबैका लागि प्रकाशन वा प्रसारण गर्ने सञ्चार माध्यमलाई हामी आमसञ्चार भन्छौँ । पहुँच पुगेका सबैका लागि यस्ता सञ्चार माध्यम क्रियाशील रहन्छन् । अर्कोतिर त्यस्ता आमसञ्चारभित्र पनि सरकारका तर्फबाट स्थापना र सञ्चालन हुँदै आएका संस्थाहरूलाई सार्वजनिक सञ्चार संस्था भन्न सकिन्छ । नेपालको सन्दर्भमा विसं १९५८ वैशाख
सर्वोच्च अदालतको मात्रै कुरा गर्दा १२ वर्षअघिदेखिका सहित २७ हजार मुद्दा फैसला गर्न बाँकी छन् । मुद्दा दर्ता हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । यता उमेरका कारण अवकाशमा जाने न्यायाधीशको सङ्ख्या पनि बढिरहेकै छ, नियुक्तिका लागि सिफारिस भने भएको छैन । न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न न्याय परिषद् ऐन, २०७३ छ । संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश हुने व्यवस्था गरेको छ । यो भनेको प्रधान न्यायाधीश र २० जना न्यायाधीशको पदको कानुनी व्यवस्थापन हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिवार नागी डाँडामा शुभारम्भ गर्नुहुँदै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र अधिकांश समस्या समाधानतर्पm लागेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको उल्लेख गर्नुभयो ।
कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये तानसेन एक नगरपालिका हो । यो नेपालकै पुरानो नगरपालिका पनि हो । २००७ सालमै तानसेन नगरपालिका घोषित भएको थियो । तानसेनलाई ऐतिहासिक र पर्यटकीय नगरको रूपमा पनि लिने गरिन्छ । राणाकालअघि पनि पाल्पा पश्चिम नेपालको एउटा प्रमुख प्रशासनिक सहरका रूपमा रहे
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँ सामग्रीहरू प्रदान गर्ने जनाएको हो ।
दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले चाडपर्वसँगै कार्यक्रममा प्लास्टिकका फूलका मालालाई प्रयोग नगर्न आग्रह गरेका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा