नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पबाट प्रभावित नागरिकको व्यवस्थापन तथा उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सवमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘अहिले आत्मविश्वास र सकारात्मक कुराको सम्प्रेषण आवश्यक छ ।
भूकम्पपीडित घाइतेहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्यकर्मीहरूको टोली घटनास्थलतर्फ आज प्रस्थान गरेको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्धारका लागि करिब १४ लाख रुपियाँ (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका बिरामीहरूको उपचारका लागि सहयोग गर्न थारु पत्रकार सङ्घ नेपाल, बाँके शाखाले रक्तदान गरेको छ ।
दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि १७५ बढी भूकम्पको धक्का गएको छ ।
सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरूलाई तत्काल बिदा नबस्न निर्देशन दिएको छ ।
जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र सासंदहरुको टोली प्रस्थान गरेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्पपीडित घाइतेहरूको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा राखेको जनाएको छ ।
नेपाली कांग्रेसले तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुभयो ।
यसवर्ष गर्भवती हुनुभएका महिलाको घरमा निलो झण्डा गाड्ने काम सुरु भएको छ । गर्भवतीको घर पहिचान गरी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न र घरमा गर्भवती भएको महिला जानकारी गराउन स्वास्थ्य चौकीले झण्डा गाड्ने काम सुरु गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ ।
गुल्मीमा सञ्चालन भइरहेको गुल्मी महोत्सवको शनिवारको टिकट विक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई प्रदान गरिने भएको छ ।