• ४ जेठ २०८१, शुक्रबार

कांग्रेसद्वारा तिहार अघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

blog

काठमाडौं, कात्तिक १८ गते । नेपाली कांग्रेसले तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुभयो । साथै उहाँले पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने बताउनुभएको छ ।

महासचिव पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु/गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ ।’’

जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा शुक्रबार राति आएको विनाशकारी भूकम्पका कारण ठुलो सङ्ख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौँको घाइते भएका छन् । यसैगरी, कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई अभियानमा जुट्न अपिल समेत गरेको छ ।