गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १८ गते । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका बिरामीहरूको उपचारका लागि सहयोग गर्न थारु पत्रकार सङ्घ नेपाल, बाँके शाखाले रक्तदान गरेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा सङ्घ बाँके शाखाले रगत सङ्कलन गरेको सङ्घका बाँके अध्यक्ष हेमन्त चौधरीले जानकारी दिनुभयो ।
थारु पत्रकारका साथै थारु विद्यार्थीको सहभागितामा १७ पिन्ट रगत सङ्कलन गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । अस्पतालमा उपचार गर्न आउने भूकम्पपीडित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको चौधरीले बताउनुभयो ।