इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका सात लडाकु मारिएका छन् । शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतहरूकाअनुसार सीमामा इजरायली सेनासँगको हिंस्रक मुठभेडमा शुक्रबार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो भने अन्य चार जना सर्वसाधारण घाइते भएका छन् ।
कोशी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारमा परिचालित हुन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच/पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा समय बिताउनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ ।
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (इटीसी) लाई सक्रिय बनाएको छ ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो ।
भारतको राजधानी प्रदूषणको गम्भीर चपेटामा परेको छ । भारतको राजधानी नयाँ दिल्ली फेरि एकपटक प्रदूषणको चरम सङ्कटमा परेको हो ।
इजिप्टले डिजेलको मूल्यलाई अपरिवर्तित राख्दै आन्तरिक पेट्रोलको मूल्य बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएर जनधनको क्षतिपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।
जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् ।
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अप्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिबार बिहान पठाएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।