जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुः ख व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका मन्त्री रामबहादुर रानामगरले पदबाट राजीनामा दिनुभएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
जाजरकोटको भूकम्पमा परेर गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज पुग्ने क्रम सुरु भएको छ। एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याइएको हो।
नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
गएराति गएको भूकम्पका कारण घाइते भएकाहरूको बाँकेको नेपालगन्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगन्जमा भर्ना गरिएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँ व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार बिहान ५ः१० बजे बस पल्टिदा चालक र बाँकी अन्य गरी ३४ यात्रु घाइते भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठुलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस नि:शुल्क गरिएको छ ।