कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई लुम्बिनी प्रदेशको नमुनाको रुपमा विकास गरिने अध्यक्ष डम्मर शर्माले बताउनुभएको छ । क्याम्पसको १२ औँ सभाबाट अध्यक्ष चयन हुनुभएका शर्माले उच्च शिक्षा अध्ययन गर्न रुपन्देही पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी शिक्षाको गुणस्तरमा सुधार ल्याउने दाबी गर्नुभयो ।
सरकारले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूचि संशोधन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ ।
कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफूमात्र उद्यमी हुनु भएको छैन, सीप धेरैलाई बाँडेर उद्यमी बनाउनुभएको छ ।
वर्ष २०७९ उत्तरार्धमा छ । यो वर्षसँगै दशक पनि सकिँदैछ । सत्तरीको दशकले हामीलाई एक संविधान, दुई स्थानीय तह–प्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्त्वपूर्ण उपलब्धि छोडेर गयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गर्नुभएको छ ।
थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो ।
नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ ।
सदरमुकाम खलङ्गाको शिर मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल खाना महोत्सव सुरु भएको छ । महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य थापाले आज उद्घाटन गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटि भोल्कबीच भेटघाट भएको छ ।
नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका गरेका छन् ।
वैशाख २९ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भङ्ग गरेको छ ।