• १२ साउन २०८१, शनिबार

भूकम्प अपडेट: रुकुम पश्चिममा १४३ घाइते, ३ जनाको अवस्था गम्भीर

blog

घाइतेहरूलाई हेलिकप्टर मार्फत सुर्खेत लगिँदै । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, कात्तिक १८ गते । शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा १४३ जना (यो समाचार तयार पार्दासम्म) घाइते भएका छन् । घाइते मध्य गम्भीर अवस्थामा रहेका तीन जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ का ३० वर्षीय तेजेन्द्र नेपाली, वडा नम्बर १० का ४१ वर्षीय  रत्न कुमारी दमाई र वडा नम्बर १३ का ३० वर्षीय धनमाया पुनलाई थप हेलिकप्टर मार्फत थप उपचारको लागि सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत उहाँहरूलाई सुर्खेत पठाइएको हो । 

भूकम्पको कारण घाइते भएका १४३ जना मध्य अन्य बाँकीको जिल्लाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्लेमा ३९ जना, चौरजहारी अस्पतालमा २१ जना, आठविसकोट नगर अस्पतालमा ३९ जना र सहिद स्मृति अस्पताल सानी भेरीमा ३६ जनाको उपचार भइरहेको छ । जिल्ला अस्पताल सल्लेमा उपचार भई रहेका चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।