• २२ वैशाख २०८१, शनिबार

भारत सबै सम्भव सहयोग गर्न तयार छ : प्रधानमन्त्री मोदी

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं, कात्तिक १८ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । 

नेपालको जाजरकोटमा शुक्रबार राति ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्विटरमार्फत यस्तो प्रक्रिया दिनुभएको हो । 

प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ  शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’’ 


शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।  नेपाली प्रहरीले शनिबार बिहान ८ः१५ बजेसम्मको जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 

यो पनि पढ्नुहोस

रुकुम पश्चिममा मृत्यु हुनेको पहिचान (नामावली सहित)

प्रधानमन्त्री प्रचण्ड जाजरकोटमा