मन पराउनेको भीडमा छु फेरि पनि एक्लो छु
बने पनि हजार टुक्रा त्यही ऐनाभित्र सग्लो छु ।
क्षितिज पारी पुग्यो पक्षी खबर केही ल्याउँछ कि
उडी गयो फिजाई पङ्ख सम्झना बोकी आउँछ कि
आशाहरूको भीडमा छु फेरि पनि एक्लो छु
बने पनि हजार टुक्रा त्यही ऐनााभित्र सग्लो छु ।
डुबी जाने गोधुली झैँ उषा लिएर बिउँझन्छु
आकाश धर्ती एक हुने बिश्वास लिएर फर्कन्छु
ताराहरूको भीडमा छु फेरि पनि एक्लो छु
बने पनि हजार टुक्रा त्यही ऐनाभित्र सग्लो छु ।