• २७ मङ्सिर २०८२, शनिबार

बाघको अनुहारमा मान्छेको धूमिल छाया (कविता)

blog

जिउँदो चौँरीको शरीरबाट

आलो रगत झिकेर 

मस्त पिइरहेको मुस्ताङे युवक

जङ्गलमा मान्छेको दूषित रगत पिएर घुरिरहेको

बाघमा कुनै अन्तर छैन ।

मान्छे हुनुमा र बाघ हुनुमा

रगत पिउन नपाउँदा पनि आफ्नो धर्म छोडेर 

बाघले घाँस खाँदैन

भोकले भत्किँदा पनि बाघ

बरु आफ्नै मुखको घाउबाट बगेको रगतको

स्वादमा आनन्दले रमाउँछ ।

तर कदापि घाँस खाँदैन  ।

तर मान्छेले चौरासी व्यञ्जन पाउँदा पनि

चौँरीको आलो रगत तनतनी पिउन अभ्यस्त छ ।

त्यसैले बिस्तारै मान्छेको विकृत अनुहारमा बाघ

बाँचिरहेछ अचेल

बाघको हिंस्रक अनुहारमा भने 

मान्छे हाँसिरहेछ अचेल ।