• १७ असार २०८१, सोमबार

‘विश्व सम्पदा सूची’ मा पनौतीलाई समावेश गर्न पहल

blog

केदार तिमल्सिना 

बनेपा, कात्तिक १८ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ लाई विश्व सम्पदा सूचीमा समावेश गर्न स्थानीयवासीसँग छलफल गरिएको छ । नगरपालिकाले २०५४ सालदेखि तत्कालीन वडा नं. ५, ६ र ७ (हालको वडा नं. ७) लाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास गरे पनि हालसम्म सफल हुन नसकेपछि नगरपालिकाले स्थानीयवासीसँग पुनः छलफल सुरु गरेको हो । 

शुव्रmबार आयोजित अन्तव्रिर्mयामा नगर प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत भएसँगै स्थानीयवासीलाई धेरै फाइदा हुने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासमा स्थानीयको योगदान महìवपूर्ण हुने र सूचीकृत भएपछि आर्थिकस्तर वृद्धि हुने बताउनुभयो । उहाँले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सङ्घीय सरकार, स्थानीय सरकार र स्थानीयवासीको संयुक्त पहलमा मात्रै सम्भव हुने बताउनुभयो । 

कार्यव्रmममा पुरातìव विभागका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक कागजात (डकुमेन्ट) तयार भए पनि कतिपय कुरा मिलाउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक कागजात (डकुमेन्ट) पूरा भएको दुई वर्षभित्रमा सूचीकृत हुने बताउनुभयो । 

सम्पदा सूचीमा समावेश भएपछि युनेस्कोले उक्त क्षेत्रको विकासका लागि धेरै बजेट दिन्छ भन्ने भ्रम भने राख्न नहुने चर्चा गर्दै उहाँले स्थानीय नागरिक स्वयं सचेत भई सम्पदामैत्री घर तथा संरचना निर्माण नगरेसम्म पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न नसकिने बताउनुभयो ।

कार्यव्रmममा सम्पदा विज्ञ रवीन्द्र पुरी र विधुप्रसाद कायस्थले नेपाल सरकारले काभ्रेपलाञ्चोकको पनौतीका साथै नुवाकोट दरबार, रामजानकी मन्दिर, पाल्पाको तानसेन, कीर्तिपुर, खोकना, साँखु, लुम्बिनीको रामग्राम, लोमान्थाङ, गोरखा दरबार क्षेत्रलगायतका १५ वटा स्थानलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने पहल गरेको जानकारी दिनुभयो । उहाँहरूले पनौतीका थुप्रै सम्पदा भएकाले यो क्षेत्र सम्पदा सूचीमा समावेश भएको खण्डमा यहाँ संसारभरका नागरिकको चासो रहने भएकाले पर्यटनको समेत ठुलो सम्भावना रहने बताउनुभयो । नगरपालिकाले पनौतीको पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल सुरु गरेपछि विसं २०५४ मा तत्कालीन मन्त्रीपरिषद्ले पनौती गाविसलाई प्राचीन स्मारक क्षेत्र घोषणा गरेको थियो ।

नगरपालिकाले सम्पदा क्षेत्र संरक्षण, प्रवर्धन गर्न सम्पदा शाखाको स्थापना, स्मारक क्षेत्रभित्र रहेका पुराना शैलीमा निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड २०७७ जारी गरेको छ । 

नगरपालिकाले निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउने घरधनीलाई प्रोत्साहनस्वरूप रकमसमेत उपलब्ध गराउँदै आएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि स्मारक क्षेत्रभित्र मल्लकालीन तथा राणाकालीन शैलीमा घरमा पेटी, कार्नेस, बलेनी, पाखा, छाना राख्नु, प्रस्टसँग देखिने गरी इँटाको गारो हुनु, काठका आँखी झ्यालहरू हुनु, एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुदिएका बुट्टेदार झ्यालहरू हुनु, झिँगटीको छाना हुनु, इँटाको गारोमा प्लास्टर भएको हुनुपर्ने छ ।