सुरेन्द्र प्रधान हामीबिच हुनुहुन्न । चित्रमा मात्र उहाँ जिवित हुनुहुन्छ । केही वर्षअघि उहाँको क्यान्सरको कारण निधन भयो । नेपाली कलाकारहरुलाई प्रायः क्यान्सरले नै लगेको देखिन्छ । डाक्टर रामकुमार भौकाजीलाई यही रोगले लग्यो । धरानका स्वयंप्रकाश श्रेष्ठको जीवनलीला पनि यही रोगले चुँड्यो । प्राज्ञ शान्तकुमार राई, पुरन खड्का लगायत धेरै होनहार प्रतिभाहरुको जीवनलीलालाई क्यान्सरले नै समाप्त पा¥यो । अझै खोज्दै जाने हो भने अरू पनि धेरै कलाकारहरु छन् जो चाँडै बिते । य
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । तिहारमा सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने गरिन्छ । नवलपुरका विभिन्न ठाउँमा व्यावसायिक फूल खेती गरिएको छ । तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री सुरु गरिएको छ ।
स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । विकास बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुने गरेको छ तर केही स्थानीय तहले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आव २०८०÷८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नु परेको नगर प्रमुख हस्त पुनले बताउनुभयो ।
मकवानपुरमा शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छदेखि ५९ महिना उमेरसम्मका करिब ३५ हजार पाँच सय जना बालबालिका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
भनिन्छ– शिक्षा भनेको ज्ञान, सिप, प्रतिभाको प्राप्ति हो । यो एक प्रकारको चेतना वा जागरणको विकास हो । जसले आफू, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्लाई चिन्ने र सोही अनुसार आफूलाई अनुकूलन गर्न सक्ने क्षमताको विकास गर्न सक्ने सम्भावनाहरूको खोजी गर्ने, हासिल गर्ने र त्यसको प्रयोगसमेत गर्न सक्ने बनाउनु हो ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ ।
फोर्थ इस्टेट वा फोर्थ पावर शब्दले प्रेस र समाचार जगत्लाई जनाउँछ । चौथो अङ्ग÷शक्तिले प्रेसमा राजनीतिक मुद्दालाई तयार गर्न सक्ने अन्तर्निहित क्षमता छ भन्ने देखाउँछ । पत्रकारिताले समाचार र विचार मात्र प्रवाह गर्दैन, यसले निगरानी, सहसम्बन्ध, सांस्कृतिक प्रसारण, जनतालाई सङ्गठित गर्ने र जनमत निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पत्रकारिताको प्रमुख केन्द्रमा नागरिक भएको हुँदा अधिक शक्तिशाली भएको छ । मानिसमा सञ्चारको प्रभाव धैरै पर्छ । प्रत्येक मानिसले सञ्चारमा पहुँच पुगोस भनेर कामना गर्छ । लोकतान्त्रिक देशमा सञ्चार माध्यमलाई राज्यको चौथो अङ्ग भनिने कारण यहीँ हो । चौथो अङ्ग संवैधानिक रूपमा
प्राध्यापक अमत्र्य सेनका अनुसार विकास प्रक्रियाको अन्तिम लक्ष्य मानव विकास हो । जसको दायराभित्र सामाजिक प्रगति, आयमा वृद्धि, क्षमता विकास, समता, सहभागिता तथा स्वतन्त्रता, वातावरणीय दिगोपना र मानवीय सुरक्षा पर्दछ । खासगरी सन् २००० मा घोषित सहस्राब्दी विकास लक्ष्यमा पहिलो पटक मानव विकास र वातावरणलाई अन्योन्याश्रित पक्षका रूपमा स्वीकार गरिएको थियो । तथापि सन् १९८० को दशकमै दिगो विकासको अवधारणासँगै विकासमा वातावर
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठुलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।
जाजरकोट जिल्लाकाे बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ ।
हरेक परिणाम हुनुअगाडि कारण हुन्छ, कारणबाट नै परिणामको पुनरुत्पत्ति हुन्छ । समयले घटना लिएर आउँछ, समयले दिएको घटना दोहरिँदैन । बगेको पानी फर्किंदैन भने झैँ बितेको समय फर्किंदैन तर पनि उस्तै मौसम, महिना र ऋतु अनुसार हुने गर्दछ । यो प्रकृति समय अनुसार हुने कुरा हो । बगेको पानी नर्फके पनि बगेको पानी वाष्पीकरण भएर वर्षा हुन्छ, खोलाको प्रवाह पुनः बढ्न थाल्छ । स्थिति त्यस्तै भए पनि प्रक्रिया फरक हुन्छ, यस्तो क्रम दोहोरिइरहन्छ, यो प्रकृतिको नियम हो ।
नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी बताउँछन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
स्थानीय घरेलु उद्योगलाई एकत्रित गरी सञ्चालन गर्ने उद्देश्यले धनकुटामा आवश्यक संरचना निर्माण गरेको तीन/चार वर्ष बितेको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर २०७५ सालमा औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न गरी सञ्चालनको तयारी गरियो । अहिले यहाँ दुई चरणमा गरी १४ करोड बढी रकम खर्च गरी २७ ब्लक निर्माण भएका छन् ।