• १२ साउन २०८१, शनिबार

महोत्सवबाट उठेको ५० प्रतिशत रकम भूकम्पपीडितलाई

blog

गुल्मीमा जारी रहेको महोत्सव । तस्विर : रमेश विश्वकर्मा

तिलाचन पाण्डे

तम्घास, कात्तिक १८ गते । गुल्मीमा सञ्चालन भइरहेको गुल्मी महोत्सवको शनिवारको टिकट विक्रीबाट उठेको ५० प्रतिशत रकम भूकम्प पीडितलाई प्रदान गरिने भएको छ ।

गुल्मी उद्योग वाणिज्य सङ्घको आयोजनामा १५ गतेबाट सुरुभएको महोत्सवमा शनिवारको टिकट बिक्रीबाट सङ्कलन भएको ५० प्रतिशत रकम जाजरकोटका भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय भएको महासचिव सुदर्शन खनालले जानकारी दिनुभयो ।

भूकम्प पीडितको घाउमा मलम लगाउन थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग गर्न लागेको खनालले बताउनुभयो । महोत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।