तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ ।
भनिरहनु नपर्ला, निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड अर्थात् मुख्य इन्जिन हो। पटक–पटक ठूला आघातहरू (भूकम्प, नाकाबन्दी, महामारी, द्वन्द्व) बेहोर्दै आएको निजी क्षेत्रले विभिन्न प्रतिकूलताबीच पनि कालो बादलमा चाँदीको घेरारूपी आशा भने कायमै राखेको छ। विगतमा पटक–पटक भएका राजनीतिक अस्थिरता, एक दशक लामो सशस्त्र माओवादी विद्रोह, भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीजस्ता अप्ठ्यारालाई समेत निजी क्षेत्रले सहजै सम्हालेको थियो तर यो वर्ष निजी क्षेत्र बढी निराश र कमजोर देखिएको छ। निजी क्षेत्रका बहुआयामिक समस्या छन्, त्यसमा पनि प्रमुख समस्या भने उच्च बैङ्क ब्याजदर र यसले पारेको प्रभाव नै हो।
राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ । हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले गर्न लागेको प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा पहुँच गराउने नेपाली उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउनु भएको जनाइएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ ।
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र अमाजोन प्राइममा रिलिज हुने भएको छ । केही समयअघि ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’को नामबाट रिलिज हुन लागेको हो । अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरफिल्म्सले चलचित्रको वितरण गर्दैछ । ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदै छ ।
बिस्काः जात्रा मनाउने क्रममा सोमबार भक्तपुरवासीले नगरभरिका देवदेवीलाई सगुन (द्यःयात संगःं बियेगु) चढाएका छन् । प्रत्येक वर्ष बिस्काः जात्राको क्रममा वैशाख ४ गते भक्तपुरवासी नगरका सबै मठमन्दिरमा बाजागाजासहित पुगेर सगुन चढाउने परम्परा रहेको छ । जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकुपटासी र दौरा सुरुवालमा सजिएर सांस्कृतिक मार्गबाट लामबद्ध भएर सगुन चढाएका थिए । सगुन चढाउनका लागि टोलटोलमा आ–आफ्ना द्यो छें (देवता घर) बाट देवतालाई निकाली चोक तथा डबलीमा राखिएको थियो । सगुनका रूपमा रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीलगायत खाद्यसामग्री चढाएको थियो । भक्तपुर नगरभित्रका ४० भन्दा बढी स्थानमा यस्तो सगुन चढाइने स्थानीय श्यामकुमारी भासीमाईले जानकारी दिनुभयो ।
नेपाल र भारतमा प्रदर्शित चलचित्र अब ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो । नेपाल चलचित्र प्रमोसन सर्किट (एनएफपीसी) र चलचित्र एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै चलचित्रको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो ।
नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न मिस लिटिल नेवाः ११४३ प्रतियोगितामा सुज्योति डङ्गोलले मुख्य उपाधि चुम्नु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्यामन्दिरको कक्षा ९ मा अध्ययनरत डङ्गोलले पुरस्कारबापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमुख उपाधिका साथ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपाधि विजेता पनि हुनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा महतले महासङ्घ नेतृत्व वर्तमान वित्तीय तथा आर्थिक समस्याका बारेमा सचेत र जानकार रहेको भन्दै देखिएका समस्या समाधानमा पहल थाल्न आग्रह गर्नुभएको थियो । “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा केही असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको अवस्था महसुस हुन सक्छ,” उहाँले भन्नुभयो, “तर, विद्यमान चुनौती सरकार र निजी क्षेत्र मिलेर हटाउन सकिन्छ ।”
सर्लाहीको चुरे क्षेत्रका अधिकांश कुवा र इनार सुक्न थालेपछि आसपासका बस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ। सर्लाही जिल्लाका चुरे क्षेत्रमा रहेका भालुखोप, केराबारी, बेलडाँडा, बिलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा हरेक वर्षको गर्मी मौसममा खानेपानीको समस्या हुने गरेको छ।
झन्डै एक दशकयता ठूला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरियाबक्राहा खोलाको पुल २०७९ को चुनाव सम्पन्न भएको वर्ष दिन पुग्नै लाग्दा पनि निर्माण सम्पन्न भएको छैन। संविधान सभा चुनावको बेलादेखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ। तत्कालीन मोरङ–२ बाट संविधान सभा सदस्य निर्वाचित चण्डीप्रसाद राईले निर्वाचन क्षेत्र विकास कोषको बजेटमार्फत पुल निर्माण सुरु भएको थियो। २०७२ सालमा निर्माण सुरु भएको पुल ८ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन।
बैतडीको दोगडाकेदार गाउँपालिका –८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन मात्र मौज्दात रहेको छ भने एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ । खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि सोही अवस्था दोहोरिने प्रमुख पौडेलले बताउनुभयो ।
गायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाहुरे ठाडो भाका सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी तारा शीर्ष मगरले गर्बुजालाई गायनमा साथ दिनुभएकी छ ।
वैदेशिक रोजगार कार्यालयबाट हुने सेवालाई थप चुस्त र पारदर्शी बनाउन थालिएको छ । वैदेशिक रोजगारीमा जानेले अनलाइनबाट आवेदन दर्ता गरेर आएपछि पनि वैदेशिक रोजगार कार्यालयको शाखा/शाखामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सोमबारदेखि एउटै शाखाबाट सेवा दिन थालिएको हो ।