• १६ भदौ २०८१, आइतबार

भूकम्प प्रभावितलाई ठूलीभेरीले पाँच लाख सहयोग दिने

blog

विष्णुप्रसाद देवकोटा

डोल्पा, कात्तिक १९ गते । भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाख रुपियाँसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

कार्यपालिका बैठक बसेको बेला अनुमोदन गर्ने गरी नगद पाँच लाख र स्वास्थ्य सामग्री नगरप्रमुख श्रवणकुमार बुढाको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको ठूलीभेरी नगरप्रमुखका स्वकीय सचिव रेखामान बुढाले जानकारी दिनुभयो ।उहाँका अनुसार नगरप्रमुख बुढा भूकम्प प्रभावित दुई जिल्लामा स्थलगत उद्धारमा समेत सहभागी हुनुभएको छ ।

भूकम्पले धेरै क्षति पुर्‍याएको दुई जिल्लाका लागि पालिकाकाको विपद् कोषबाट ५ लाख जाजरकोट र रुकुम पश्चिमलाई हुने गरी बजेट तथा स्वास्थ्य सामाग्री पठाएको ठूलीभेरी नगरपालिका जुफालले जनाएको छ ।

यस्तो विपत् परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आआफ्नो तर्फबाट सकेसम्म हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख बुढाले बताउनुभयो ।