• ११ मंसिर २०८१, मङ्गलबार

नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ: मन्त्री किराँती

blog

काभ्रे, कात्तिक १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिवार नागी डाँडामा शुभारम्भ गर्नुहुँदै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको छ । 

उहाँले भन्नुभयो, “ नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ ।  यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ ।  पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीन वटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुन्छ । ” सो अवसरमा मन्त्री किराँतीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थल क्षेत्रको अवलोकन गर्नुका साथै जानकारी लिनुभएको थियो । रासस