सङ्ग्रहालयको पूर्वतिरको भित्तामा एक घडी आकारको ठुलो काठेबोर्ड थियो, जसका भित्री र बाहिरी दुई चक्रहरू थिए । बाहिरी चक्रमा एउटा मात्र गोलाकार प्वाल थियो, जसबाट कुनै जनावरले दर्शकहरूलाई चियाइरहेको चित्र देखिन्थ्यो । भित्री चक्रका अन्य चित्रहरू पूरै छोपिएकाले भित्री पत्र रहस्यले भरिएको थियो । जिज्ञासावश घडी घुम्ने दिशामा बाहिरी चक्रको प्वाल घुमाउँदै गएँ । चक्रको गोलाकार प्वालबाट क्रमशः भित्री पत्रमा सजाइएका चित्रहरू देखिँदै गए । ती जनावरहरूका चित्र थिए– बाघ, गैडा, भालु, हात्ती, गैँडा, मृग, स्याल, .! अन्तिममा सबैभन्दा माथि अर्थात् घडीको बाह्रको स्थानमा प्वाल लगेँ जुन मेरै अनुहारको सामुन्ने थियो । त्यहाँ कुनै जनावरको तस्बिर थिएन, केवल एक ऐना थियो । ऐनामा अनपेक्षित आफ्नै दुब्लो पातलो अनुहार देखेपछि मैले सामान्य हदको नार्सिसस अनुभूति गरेँ, ‘म पनि ती जनावर जस्तै सुन्दर नै त छु ।’ मेरो नार्सिसिस्ट सोच तत्काल सकियो जब ऐनाको पुछारमा लेखिएका अक्षरमा मेरो दृष्टि केन्द्रित भयो । लेखिएको थियो– द मस्ट डेन्जरस् एनिमल अफ द वल्र्ड । म झस्किएँ, रनाहामा परेँ । यति धेरै जनावरहरूको बिचमा म पो सबैभन्दा खतरनाक जनावर रहेछु भन्ने बोधले म भुइँचालोको जमिन झैँ हल्लिएँ । मेरो अहममा गहिरो चोट लाग्यो ।
यो घटना घान्द्रुकस्थित अन्नपूर्ण संरक्षण क्षेत्र योजनाको सङ्ग्रहालयमा घटेको थियो, विसं २०५३ साल असोजमा । पोखरामा सव्रिmय हामी दस जना कविहरू संयोजक सरुभक्त दाइको नेतृत्वमा संरक्षण कविता यात्राको दस दिने भ्रमणका निम्ति अन्नपूर्ण आधार शिविरसम्मको भ्रमणमा निस्किएका थियौँ, घान्द्रुकमा पहिलो कार्यक्रम गर्नु थियो । गाउँमै पुगेर त्यहीँको प्रकृति र जनजीवन टिपेर कविता लेख्नुपर्ने र त्यहीँका बासिन्दालाई सुनाउनु पर्ने यात्राको उद्देश्य थियो । तसर्थ मनमस्तिष्कमा नौलो दबाब महसुस गरिरहेका थियौँ ।
सरुभक्त दाइले त्यही घडीचव्रmमा प्रतिबिम्बित आफ्नो अनुहारबाट छोइएर कविता लेख्नु भएछ– संसारको सबैभन्दा खतरनाक प्राणी । कविता बलियो थियो ।
प्रकृतिले बनाएका धेरै जीव जनावरमध्ये फगत एक जनावर हो मानिस । अन्य सजीव जस्तै प्रकृतिको एक सामान्य सदस्य । तर बुद्धि, सिर्जनाशक्ति, स्वतन्त्र हातयुक्त ठाडो शरीर, शारीरिक चाल र भाषाले अरूभन्दा अलग जनावर । जीवविज्ञान भन्छ, मानिसको बुद्धिको विकासमा चालको ढाँचाको महìवपूर्ण योगदान छ । शारीरिक चालको विशिष्ठताले नै मानिसलाई अरू जनावरभन्दा अलग वृद्धि विकासको अवसर दिएको हो । मानिसको सिर्जनशीलताका कारण पनि अन्ततः यही चाल हो । तर सिर्जनशीलता र कलाकारिता मानिसको मात्र हुँदैन, अन्य जनावर, कितपतङ्ग र चराको पनि हुन्छ ! पोथी फकाउन, घरजम जमाउन, भोक व्यवस्थापन गर्न अन्य जीवहरू पनि कलाकारिता गर्छन् । ऋतुदानका लागि रङ्गीन प्वाँख हल्लाउँदै मयूर नाच्छ, तोप चराले मेहनतले सुन्दर गुँड बनाउँछ, माकुराले सुन्दर जालो बुन्छ । सबै प्रकृतिका विशिष्ट देन हुन् । सबै प्राणीसँग भावना छन् तर सबैसँग अक्षर छैनन् । मानिस संसारको एक मात्र जनावर हो, जो अक्षरमा आफ्ना भावना व्यक्त गर्न सक्छ । मानिसले विकास गरेका धेरै कलामध्ये एक कला हो– साहित्य । जो चित्रमय अक्षरहरूमा अभिव्यक्त हुन्छ । प्रकृतिले जन्माएको मानिसका सिर्जनामा प्रकृति कसरी अलग हुन सक्छ ? गहिरो अर्थमा कला प्रकृतिको अनुकरण हो । जीवन प्रकृतिको अनुपम उपहार हो, तसर्थ जीवनबारे रचना गरिने साहित्य प्रकृतिभन्दा पर छैन । जीवनको सकल अस्तित्व प्रकृतिभित्र निहित भएकोले स्वाभाविक रूपमा साहित्य प्रकृतिको परिधिभन्दा बाहिर हुन सक्दैन ।
गुफाचित्रदेखि सङ्गीत, गायन र नृत्य प्रकृतिका कलापूर्ण अनुकरण हुन्, नक्कल हुन् । वर्षात्, खोला, चरा, जङ्गल, मेघ गर्जन, आँधी, भँवरा आदिका नक्कल छन् सङ्गीत र गायनमा । जनावरका भावभङ्गीमा, पुतलीहरूको उडान, सामुद्रिक छालहरूका ताल र रुखहरूको हल्लाई मर्काई छन् नृत्यमा । प्रकृतिभित्र मानिस छ र मानिसभित्र आक्रोश, खुसी र रुवाइ छन् । ती विविध रूपमा कलामा प्रकट हुन्छन् । मानव विकासक्रमको प्रव्रिmयामा धेरै पछि विकसित भाषाको कलात्मक अभिव्यक्तिमा पनि प्रकृतिको प्रभाव छ । बच्चाको जीवनको तन्तु आमाको सालनालसँग जोडिए झैँ कलाका स्नायु तन्तुहरू प्रकृतिसँग जोडिन्छन् । प्रकृति आमाकी पनि आमा हुन् ।
पछिल्लो नेपाली साहित्यले पर्यावरण संरक्षण चेतना पनि बोक्न थालेको पाएर प्रसन्नता महसुस गर्छु । कृतिगत रूपमै कवि अविनाश श्रेष्ठले करोडौँ सूर्यहरूको अन्धकारमा रोपेको पर्यावरण कविता राजा पुनियानीको तङसिङसम्म आइपुगेको छ । डा. गोविन्दराज भट्टराई र विजय हितानले वातावरण साहित्य गोष्ठी गर्दै आउनुभएको छ । वन तथा वातावरण साहित्यिक समूह भर्चुअल कार्यव्रmममा सव्रिmय छ । कविता प्रतियोगिताहरूमा दुई चार वटा पर्या कविताहरू भिड्न थालेका छन् । म आफैँ सहभागी पछिल्ला साहित्य महोत्सवहरूमा पर्या साहित्यसम्बन्धी विमर्शहरू जोडिएका सुखद अनुभवहरू छन् । सुखद अनुभव किन भने विगत पच्चिस वर्षदेखि संरक्षण कविता आन्दोलनसँग जोडिएर प्रकृति संरक्षणसम्बन्धी कविताहरू म पनि लेखिरहेको छु । म यी बहसहरूमा प्रकृतिले सजाएको सुन्दर सहर पोखराबाट सुरु भएको त्यही संरक्षण कविता आन्दोलन सम्झन्छु । प्रसिद्ध साहित्यकार सरुभक्तको अगुवाइमा साठीभन्दा बढी गाउँहरूमा पुगी यस आन्दोलनमार्फत गाउँलेहरूबिच संरक्षण चेतना बाँड्दै हिँडेका क्षणहरू सम्झन्छु । छ कविहरूबाट सुरु भएको आन्दोलनमा अहिले दर्जनौँ कवि लेखकहरू जोडिनु सुखद कुरा हो । प्रकृति संरक्षणलाई केन्द्र मानेर सयौँ कविताहरू लेखिएका छन् । दुःखद कुरा, यही बेला कवितालाई दार्शनिक तहमै संरक्षणसँग जोड्ने संरक्षण कविता आन्दोलन सु्स्ताएको छ । आन्दोलनका संयोजक सरुभक्त दाइले दमौलीको दोस्रो राष्ट्रिय साहित्य सम्मेलनको एक अनौपचारिक छलफलमा यस सत्यलाई सहजै स्विकार्नुभयो र प्रतिबद्धता व्यक्त गर्नु भयो कि अब आन्दोलनलाई नयाँ गति दिइने छ ।
दमौलीमा दाइसँग मैले सुदूर विगतको एक रोचक घटना साझा गरेँ । कविताहरू खोज्न कुनै गाउँ जादै थियौँ । प्रसङ्गवश सरुभक्त दाइसँग हामीहरूले आन्दोलनलाई थप गति दिनु जरुरी छ भन्ने विचार राख्यौँ । दाइले सेक्सपियरियन कपाल हल्लाउँदै ठट्टाको शैलीमा भन्नुभयो, ‘किन आत्तिने भाइहरू ? स्लो एन्ड स्टेडी विन्स द रेस । खरायो भाइहरू ? स्लो एन्ड स्टेडी विन्स द रेस । खरायो र कछुवाको कथा बिर्सियौ र ?’
निबन्धकार रोशन शेरचनले परिचित हाँसोमा जवाफ फर्काए, ‘दाइ, अचेल खरायो सुत्दैन । त्यसले पनि कथा पढिसक्यो । अचेल दौड खरायोले जित्छ, कछुवा हार्छ ।’ घत परेर म पनि हाँसेको थिएँ । हो, आन्दोलनको थालनी दौड जित्नका लागि गरिएको थिएन । तर यसरी निस्व्रिmय हुनका लागि पनि सायद थालिएको थिएन । सरुभक्त दाइले यस विषयमा गम्भीरतापूर्वक सोचिरहेको छु भन्नु भए पछि म आशावादी बनेको छु ।
वर्तमानमा संरक्षण नै पृथ्वीको बिराट भोक हो । पृथ्वीमा संरक्षित हुनुपर्ने कतिपय चिजहरू डायनासोरस झैँ विलुप्त हुने अवस्थामा पुगेका छन् । कतिपय चिजहरू संरक्षणको अभावमा मृत सागरमा हेलिँदै पुगेका निरिह माछाहरू झैँ भएका छन् । प्रदूषित नदीका घडियाल झैँ सङ्कटमा परेको छन् । कैयौँ चरा झैँ सङ्कटमा छन् । हालै नवलपुर पिप्रहरमा ह्याप्पी एफएमले आयोजना गरेको घडियाल काव्य उत्सव–२०८० ले संरक्षण विषयमा दुई दिने महìवपूर्ण विचार महोत्सव गरेको थियो । वातावरण विज्ञान र काव्य जोडेर गरिएको यस्तो विचार–महोत्सव मैले यसअघि नेपालमा कहीँ कतै भएको देखेको- सुनेको छैन । कहीँ भएको भए भाग लिन पाएको छैन । विज्ञानलाई कलासँग नजोड्ने हो भने विज्ञान ठुल्ठुला ठेली, विश्वविद्यालयका थेसिस र कार्यपत्रका फाइलमा च्यापिएर ओइलाउँछ ।
एकेडेमिक कामहरूमा मात्र सीमित भइदिँदा जनस्तरसम्म ज्ञान प्रसारित हुन सक्दैन । मानिसका व्यवहारमा ज्ञानले जरा हाल्न सक्दैन । कवितालगायत कलाका अन्य विधा चित्रकला, सङ्गीत, चलचित्रले नै हो आम मानिससम्म ज्ञानको प्रवाह गरिदिने ।
खरको छानो हालिएको, परालको गुन्द्री ओछ्याइएको, कोक्रो, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्री सजाइएको रैथाने मञ्चबाट डब्लूडब्लूएफ नेपालका प्रमुख डा. घनश्याम गुरुङ, पानी विज्ञ गणेश शाह, वर्ड लाइफ इन्टरनेसनल एसिया पार्टनरसिप म्यानेजर डा. हुम गुरुङ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगरलगायतका संरक्षणकर्मीले सुनाएका अनुभव धारणा र प्रयासहरूबारे बुझ्ने अवसर मिल्यो । प्रकृति र साहित्य सेसनमा प्रख्यात अभिनेता राजेश हमाल, पर्यटन व्यवसायी सन्तोष धिताल र प्रकृतिप्रेमी कवि ईश्वर कँडेललाई साक्षी राखेर मूलभूत रूपमा मैले विज्ञानलाई कलासँग जोडेर नलगेसम्म ज्ञान व्यवहारमा उत्रिन गाह्रो हुने कुरा राखेँ र यस दिशामा घडियाल काव्य उत्सवले निभाएको भूमिकाको प्रसंशा गरेँ ।
विमर्शमा महानायक राजेश हमालको कुरा सुन्न म पनि दर्शकहरू झैँ उत्साहित थिएँ । हमालको व्यक्तित्व नेपाली चलचित्रमा लामो समयदेखि उनले दिइरहेको योगदानद्वारा निर्मित छ । तर उनी बौद्धिकताका कारणले पनि विशेष अभिनेता मानिन्छन् । उनले पनि सहज भाव र बिम्बहरूमा ज्ञान कलासँग जोडिनुपर्ने तर्कहरू राख्दै भने वी डन्ट ह्याव टु टेक नेचर फर ग्रान्टेड । नेपाली चलचित्रमा संरक्षण चेतनाको उपस्थिति सम्बन्धमा ईश्वरद्वारा सोधिएको प्रश्नमा भने हमालको जवाफ अरू प्रश्नको उत्तर जस्तो स्पष्ट थिएन । यसको कारण थियो, नेपाली चलचित्र उद्योगमा यस धारका चलचित्रको बहस नै सुरु भइसकेको छैन । हमालले दोहो¥याइरहे, उनीद्वारा अभिनीत धेरै चलचित्रमा प्रकृति चित्रण आएको छ ।
तर अब चलचित्रमा नयाँ घुम्ती जरुरी छ । अब कलाले प्रकृतिको चित्रणमा मात्र रमाएर बस्नु हुँदैन । उस्ता उस्तै लागे पनि प्रकृति–साहित्य र पर्यावरण–साहित्य फरक हुन् अथवा पर्यावरण साहित्य प्रकृति साहित्यमा नवीन मूल्यबोध हो । प्रकृति साहित्य धेरै लेखिए । वर्डस्वर्थको ड्याफोडिनदेखि सिद्धिचरणको ओखलढुङ्गासम्म । त्यसभन्दा पनि वर अहिलेको साहित्यसम्म । साहित्यमा प्रकृतिको यति सघन उपस्थिति छ कि यसकै आधारमा समालोचना सिद्धान्त नै जन्मियो– स्वच्छन्दतावाद । लेखनाथ पौडेल, सिद्धिचरण श्रेष्ठलगायत अन्य कैयौँ नेपाली कविहरूले यस प्रवृत्तिका महìवपूर्ण कविताहरू सिर्जना गरे । महाकवि देवकोटाले नेपालमा स्वच्छन्दतावादको नेतृत्व गरे । अब साहित्यले सुन्दर प्रकृतिलाई विनाश गरिरहेका तेह्र सय ग्राम मानव मस्तिष्क र यसका दूरगामी नकारात्मक असरबारे लेख्न ढिला गर्नु हुँदैन । चलचित्र त झन कलाको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक बनिसकेको सन्दर्भमा अब यस क्षेत्रले पनि संरक्षण विषयमा ध्यान दिनु पर्छ । यसले प्रकृतिको संरक्षणको विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्छ । हलिउडमा कैयौँ उदाहरणीय सिनेमा बने– मदर, स्पेस टुरिस्ट, चाइना सिन्ड्रोम, अवतार, ह्वेल राइडर, द डे आफ्टर टुमारो, वाल–ई आदि ।
सूची निकै लामो छ । बलिउडमा कडवी हवा, कौन कितने पानी मे, जल, इरादा, भोपाल एक्सप्रेस आदि जस्ता सिनेमा बनिरहेका छन् । दुर्भाग्य, नेपाली चलचित्र जगतले यस विषयमा केन्द्रित अझसम्म एउटा चलचित्र पनि पाउन सकेको छैन । कम्तीमा मैले हेर्ने अवसर पाएको छैन । आफू वरिपरि चलचित्र क्षेत्रलाई घुमाउन सक्ने राजेश हमाल जस्ता अभिनेताहरूले चासो दिए यस शून्यतामा महìवपूर्ण हस्तक्षेप हुन सक्छ ।
संरक्षण कविता आन्दोलनको महìवपूर्ण आसय थियो, संरक्षणको अभावमा प्रकृति खतरामा छ, जीवन खतरामा छ । हामीलाई लाग्छ– संरक्षणको व्यवस्थापन गर्न नसकेर शान्ति खतरामा छ, राज्यहरू खतरामा छन्, सिमानाहरू खतरामा छन् । कतिपय आदिम जातजाति, चराचुरुङ्गी, वनस्पति, संस्कृति र मूल्यमान्यताहरू खतरामा छन् । लाग्छ, खतरा शब्दबाहेक यो दुनियाँमा अन्य धेरै शब्दहरू खतरामा छन् । यसको सर्जक अरू कुनै जनावर हैन, आफूलाई सबैभन्दा बुद्धिमान मान्ने मानव नामको जनावर हो । घान्द्रुकस्थित सङ्ग्रहालयको ऐनामा देखिने अनुहार हो ।
मानिस आफ्नै लागि पनि खतरनाक चव्रmव्यूहको रचनाकार स्वयं भएको छ र आफैँले निर्माण गरेको त्यही चव्रmव्यूहमा फसेर असामयिक मृत्युको सजाय भोगिरहेको छ । यो सुन्दर पृथ्वी विविधताको दिव्य सङ्गीत हो भने यो सङ्गीतमा सबैको जायज र सुन्दर अस्तित्वले समान रूपमा धुन भर्न पाउनुपर्छ । तर संरक्षणको अभावमा पृथ्वीको प्राण खतरामा छ । प्रकृति रहे जीवन रहन्छ, जीवन रहे साहित्य । निष्कर्ष प्रकृति रहे मात्र साहित्य रहन्छ । तर मानव व्रिmयाकलापले प्रकृतिमाथि निर्ममतापूर्वक विध्वंशको युद्ध छेडिदिएको छ । जङ्गलहरूमाथिको व्रmुर हस्तक्षेप, हिमालहरूमा ग्लोबल वार्मिङको घातक हमला र कृषिमा देखिएको नकारात्मक असर मात्र होइन उद्योगहरूबाट कार्बनमोनोअक्साइडको अत्यधिक उत्सर्जनका कारण ओजोन तहमा परिरहेको छेद, कतै मरुभूमीकरण र कतै अस्वाभाविक भइरहेका बाढी प्रकोपका घटनाहरू पनि प्रकृतिमाथि मानवीय व्यभिचारका उपजहरू नै हुन् । कैयौँ मानवीय व्रिmयाशीलताले इकोसिस्टममा भयानक असरहरू देखा पर्दै छन् । अब साहित्यले कुरूपताको यो पाटोलाई पनि सम्बोधन गर्नु पर्छ ।
आज विश्वमा संरक्षण चेतनाका क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सव्रिmयताहरू बाक्लै देखिन थालेका छन् । वातावरणीय संरक्षणका लागि ठुलो मात्रामा अर्थ प्रवाह भइरहेको छ । भूतपूर्व अमेरिकी उपराष्ट्रपति अल गोर वातावरण संरक्षण अभियानमा लगेर सन् २००७ को प्रतिष्ठित नोबेल पुरस्कार प्राप्त गर्न सफल भए । उनले मौसम परिवर्तनसम्बन्धी चेतना जगाउने र त्यसमा सन्तुलन कायम गर्ने उपायहरूको बारेमा विश्वलाई जानकारी दिने प्रयास गरे । वातावरणीय अवस्थामा मानिसको प्रभाव र सुन्दर भविष्यका लागि मानवीय उत्तरदायित्व सम्बन्धमा लेखिएको उनको बेस्ट सेलिङ पुस्तक र त्यसमा आधारित रहेर बनेको डकुमेन्ट्रीले त्यही वर्ष ओस्कार अवार्डसमेत प्राप्त गरेको तथ्यले अल गोरको प्रकृतिप्रतिको प्रेमलाई दर्साउँछ । स्विडेनकी किशोरी ग्रेटा थनवर्गले मौसम परिवर्तनको मुद्दालाई उठाएर विश्वको ध्यान खिचिरहेकी छिन् । छिमेकी राष्ट्र भारतमा पनि यस प्रकृतिका निकै
महìवपूर्ण कामहरू भएका छन् । राजेन्द्र पचौरी, वन्दना शिव, बाबा सेवा सिंह पर्यावरणको क्षेत्रमा भारतले गर्व गर्ने नामहरू हुन् । सेवइलाल चौधरी हामीले गर्व गर्ने एक आदर्श थिए । हामीले धेरै सेवइलालहरूको प्रतीक्षा गरिरहेछौँ ।
भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१० मा सम्पन्न ‘सार्क फेस्टिबल अफ लिटरेचर’ को नारा नै ‘वातावरण, सहसम्बन्ध र साहित्य’ थियो । मार्च २६ देखि २८ सम्म चलेको उक्त सम्मेलनमा वातावरण र साहित्यको सम्बन्धको विषयमा निकै महìवपूर्ण र प्रभावशाली कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । वातावरण विषयक कविता र कथाहरू वाचन गरिएका थिए । पर्यावरणीय संरक्षणमा विशिष्ट योगदान पु¥याएबापत सन्त बलवीर सिंह सिचेवाल, बाबा सेवा सिंह र केके मुहमदलाई ‘सार्क वातावरण पुरस्कार’ प्रदान गरिएको थियो । उक्त अवधिभर नेपाली साहित्यमा त्यतिबेलासम्म विकशित हुन नसकेको पर्या साहित्य लेखनमा संरक्षण कविता आन्दोलनले पु¥याउन सक्ने सकारात्मक हस्तक्षेप सम्झेर म उत्तेजित बनेको थिएँ । अनि उक्त महìवपूर्ण सम्मेलनमा नेपालको तर्फबाट कविता प्रस्तुत गर्नुअघि नेपालमा पनि विगत बाह्र वर्षदेखि यस्तो प्रकृतिको काव्यिक आन्दोलन चलिरहेको कुरा सगर्व सुनाएको थिएँ ।
हामीले सोच्यौँ, यो पृथ्वीमा मानिसका इच्छाहरू मात्र जायज छन्, अन्य प्राणीका इच्छाहरू गौण हुन् । त्रासदीको प्रारम्भिक बिन्दु यही हो । यही सोचाइको गर्भबाट विस्फोटित भएर प्रकृति घायल छ । प्रकृतिमा आश्रित मानिस स्वयं बिरामी भएको छ । मानिस मात्रको दीर्घायुको भ्रममा हरित पृथ्वीको आयु घटाउने प्रतिस्पर्धामा लागेर हामीले महाविनाशको गीतलाई आरती झैँ गाइरहेछौ । प्रकृति त्यस्तो घाइते घोडा भएको छ, जसको स्वतन्त्रताको लगाम समाएर हामीले त्यसउपर कोर्रा बर्साइरहेछौ । प्रकृतिमाथि हामीले अभद्र हिंसा गरिरहेछौ । अधिकांश मानव जाति र त्यसमा पनि विकशित र शक्तिसम्पन्न राष्ट्रहरू प्रकृतिमाथि अनवरत हिंसा गर्ने आतङ्ककारी भएका छन् । त्यही आतङ्कको बिचमा प्रकृतिको चित्कारमय गीत सुन्न सिङ्गो मानव जाति अभिशप्त भएको छ । विश्व प्रसिद्ध पपस्टार माइकल ज्याक्सनको लोकप्रिय गीत ‘अर्थ सङ’ यही सन्देश बोकेको कारण सॉचो अर्थमा पृथ्वीको गीत भएको छ । पप गीतको वर्चस्व रहेको नेपाली सङ्गीतमा रक म्युजिकको नयाँ बाटो रोजी चितवनबाट फैलिएको स्याडोज ब्यान्डको ‘म हुँ प्रकृति, मलाई बाँच्न देऊ’ महìवपूर्ण लाग्छ ।
तर अब सङ्गीतले मात्र नभएर साहित्यले पनि पृथ्वीको यो पीडालाई सम्बोधन गर्नु पर्छ । १९६२ मा राचेल कार्सनको साइलेन्ट स्पिङबाट सुरु भएको भनिएको पर्यावरणीय साहित्यले नेपाली भाषामा विकसित हुन पाउनु पर्छ ।
अन्त्यमा इलाम साहित्य महोत्सवको कुराबाट सस्मरणहरूको बिट मार्छु । महोत्सवको एक सेसनमा कवि सिर्जना सुब्बाले प-या नारीवादको नवीन वकालत गरिन् । पुरुषहरूले सामाजिक सत्ता आफ्नो हातमा लिए, पर्यावरण संरक्षणको सत्ता महिलाको हातमा राखिदिऊन् भन्ने कवि सिर्जना सुब्बाको कुरा भावनात्मक मात्रै होइन, गम्भीर लाग्यो मलाई । उनको तर्क थियो, धरतीलाई पुरुषलेभन्दा बढी महिलाले बुझ्न सक्छन् किनकि महिलाहरू प्रकृतिको सधैँ निकट छन् ।
म अचेल बारम्बार घान्द्रुकको सङ्ग्रहालयमा देखेको ऐना सम्झिन्छु र झस्किरहन्छु । त्यस्तो ऐना सबै मानिसले हेरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ, जसले मानिसलाई बताउँछ कि संसारको सबैभन्दा खतरनाक प्राणी तिमी नै हौ । मैले ढिला गरी त्यो ऐनामा आफ्नो अनुहार हेरेँ । मलाई लाग्छ, सबै मानवले समयमै त्यो ऐना हेर्नु जरुरी छ ।