• २८ वैशाख २०८२, आइतबार

भूकम्पपीडितका लागि तरुण दलले रक्तदान गर्ने

blog

काठमाडौँ,  कात्तिक १९ गते । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा बृहत् खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । 

तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न  रक्तदान गर्न लागिएकोे जनाएको छ ।

बिहान ११ बजेदेखि  रक्तदान कार्यक्रम सुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिनुभयो । “रगतको अभाव भएकाले हामीले पनि आफ्नोतर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछाैं । सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । 

रक्तदानमा काठमाडौँ उपत्यकामा रहनुभएका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको  छ । रासस