• १२ साउन २०८१, शनिबार

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक

भूकम्प प्रभावितलाई ५० लाख दिने निर्णय अनुमोदन

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक । फाइल तस्बिर

काठमाडौं, कात्तिक १९ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले जाजरकोट र रुकुमपश्चिम लगायतका विभिन्न जिल्लामा रहेको भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा आइतबार बिहान बसेको बैठकले सो निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका सन्दर्भमा बैठकले भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना  गराउन गम्भीर रुपमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।”

उहाँले कांग्रेस केन्द्रीय सदस्यहरुबाट जम्मा गरेको कोषबाट भूकम्प प्रभावितलाई दिइने ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो रकम पर्याप्त होइन । अझै थप रकम त्यहाँ पुर्‍याउन विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेका छौं ।”

उहाँले कांग्रेस नेता जीपछिरिङ लामाले ११ लाख रुपियाँ र दिव्यमणि राजभण्डारीले पाँच लाख रुपियाँ सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।