• २ जेठ २०८१, बुधबार

गुल्मी उद्योग वाणिज्य सङ्घद्वारा भूकम्प प्रभावितलाई सहयोग

blog

गुल्मी उद्योग वाणिज्य सङ्घ ।

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १९ गते ।
गुल्मी उद्योग वाणिज्य सङ्घले भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ । गुल्मी उद्योग वाणिज्य सङ्घको आकस्मिक पदाधिकारीहरुको बैठकले नेपाल सरकार भूकम्प प्रभावित क्षेत्रको राहत सङ्कलन खातामा उपलब्ध गराउने निर्णय गरेको हो ।

भूकम्प पीडितको उद्धार, राहतका लागि सङ्घको सरकारलाई ३० हजार पाँच सय रुपियाँ उपलब्ध गराउने निर्णय गरेको महासचिव ईश्वरीप्रसाद बेल्वासेले जानकारी दिनुभयो । भूकम्पका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति एवम् भौतिक क्षतिले यस सङ्घलाई मर्माहत बनाएको उहाँले बताउनुभयो ।

भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । मनकारी सम्पूर्णलाई यस विपतको घडीमा आफ्नो तन, मन तथा धनका साथ सहयोगमा जुट्न गुल्मी उद्योग वाणिज्य सङ्घले अनुरोध गरेको छ ।