• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितलाई गोदावरी नगरपालिकाले एक लाख दिने

blog

कैलालीको गोदावरी नगरपालिका ।

भावना जोशी
अत्तरिया, कात्तिक १९ गते ।
कैलालीको  गोदावरी नगरपालिकाले भूकम्पमा परी घाइतेहरुको उद्धार तथा राहातका लागि नेपाल सरकारलाई एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।

गोदावरी नगरपालिकका नगरप्रमुख बिरेन्द्र भट्टले एक विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भएको मानवीय क्षतिले मर्माहत र दुःखी बनाएको बताउनु भएको छ ।

साथै नगरप्रमुख भट्टले आफुले पाउने दुई महिनाको सेवा सुविधा बाफतको रकम भूकम्प पीडितलाई  दिने घोषणा गर्नु भएको हो । नगरपालिकाले यो विपतको समयमा सहयोग गर्न पनि सबैलाई अपिल गरेको छ ।