• १२ साउन २०८१, शनिबार

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १९ गते । नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले  ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । 

सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्प पीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । 

उहाँले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताउनुभयो । बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

यसैबिच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चामल भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठुलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो । रासस