• १२ साउन २०८१, शनिबार

राप्रपाले भूकम्प पीडितलाई सांसदको एक महिनाको तलब र २५ लाख रुपियाँ दिने

blog

काठमाडौं, कात्तिक १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई सङ्घीय सांसद तथा प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब र पार्टीको तर्फबाट २५ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा आइतबार कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको छ ।

उहाँले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञान बहादुर शाकी र रुकुम पश्चिम जिल्लाका लागि सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गने निर्णय भएको जानकारी दिनुभयो ।