बेवारिसे अवस्थामा फेला पारिएको एक सिंगे गैँडाको बच्चा पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा जङ्गलमा छाड्न नियन्त्रणमा लिइएको छ । प्रकृति संरक्षण कोषले पुष्पा र अञ्जलीलाई सौराहामा हुर्काएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिनुभयो ।
दार्चुलाको महाकाली नगरपालिका–२, झुस्कुबाट वीरेन्द्रसिंह डोबाल र चन्द्रकला डोबाल दम्पती चार दिन लगाएर वैशाख ११ गते यार्सागुम्बा सङ्कलन हुने क्षेत्र अपिहिमाल गाउँपालिकाको पिलकनदह पुग्नुभयो। उहाँहरू यार्सा सङ्कलन हुने क्षेत्रमा पुग्दा हिउँ पग्लिसकेको थिएन। यार्सा सङ्कलक चन्द्रकला डोबालले भन्नुभयो, “पिलकनदहमा हिउँ फालेर टेन्ट लगायौँ, खाना पकाउन एक दिन लगाएर दाउरा खोज्यौँ, तर यार्सा सङ्कलमा समस्या भएको छ। निरन्तर हिमपात भएका कारण दैनिकी कष्टकर बनेको छ।
थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो ।
रानाथारू समुदायमा कुनै बेला आफ्नै समुदायभित्र मात्रै विवाह गर्नुपर्छ भन्ने मान्यता थियो। यसको कारण यो समुदायका मानिस सजातीय विवाहका लागि बरु भौगोलिक सीमा पार गर्थे तर गैररानाथारूसँग विवाह गर्दैनथे। कैलाली, कञ्चनपुरको रैथाने यो समुदायमा पछिल्लो दशक भने विवाहको सोचमा धेरै परिवर्तन आएको छ। विगतमा भारतमै भए पनि रानाथारू समुदायसँग मात्रै वैवाहिक सम्बन्ध गाँस्नुपर्छ भन्ने रानाथारू समुदायमा अब अन्तरजातीय विवाह हुन थालेको छ। अचेल यो समुदायका युवकयुवतीले अन्य समुदायका युवकयुवतीसँग विवाह गर्न थालेका छन्। कतिपय विवाह त पारिवारिक स्वीकृतिमै भइरहेका छन्।
गत बुधबार दैलेखको आठबिस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी एक जनाको मृत्यु भयो। सोही ठाउँका ५५ वर्षीय भैरव विकको उपचारका व्रmममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो। उक्त आगलागीको घटनामा अन्य १० जना घाइते भए। वैशाख २२ गते मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भयो भने दुई जना बेपत्ता छन्। बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बाक्लो हिउँ परेका कारण बेपत्ताको खोजीमा भने कठिनाइ भइरहेको छ।
दाङमा यस शैक्षिक सत्रमा करिब ९० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगिसकेको छ। पाठ्यक्रम परिवर्तन भएका केही पाठ्यपुस्तकबाहेक अधिकांश पुस्तक विद्यार्थीको हातमा पुगेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष शङ्कर शर्माले जानकारी दिनुभयो।
स्थानीय तहको निर्वाचन भएको शनिबार ठिक एक वर्ष पूरा भएको छ। गत वर्षको वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। निर्वाचनपछि स्थानीय जनताले विकासको गतिले फड्को मार्ने अपेक्षा गरेका थिए तर जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्न नसकेको गुनासो बढ्दै गएको छ। निर्वाचनको करिब एक वर्षको बीचमा विकासका धेरै काम र योजना सुरु भए पनि ती योजना र कामले गति लिन नसकेको स्थानीयको गुनासो छ।
यार्सागुम्बा सङ्कलनको मिति नजिकिँदै गर्दा पुथाउत्तरगङ्गा गाउँपालिका–१, २ र ३ का स्थानीय युवाले सुरक्षा गस्ती सुरु गरेका छन्। यार्सागुम्बा सुरक्षाका लागि करिब तीन सय स्थानीय युवा यार्सा पाइने पाटन लेक क्षेत्रतर्फ लागेका हुन्। यार्सागुम्बा टिप्न सुरु गर्नुभन्दा एक महिनाअघिदेखि वडा नं. १, २ र ३ का प्रत्येक घरबाट सुरक्षाका लागि बुकी उक्लिने पुरानो नियम रहेको पुथाउत्तरगङ्गा–१ का वडाध्यक्ष वीरमान विकले बताउनुभयो। विकले भन्नुभयो, “हाम्रो तीन वटा वडाको संयुक्त यार्सा पाटन भएकाले हामी यससँग सम्बन्धित नियम संयुक्त रूपमा बनाएर एकीकृत रूपमा स्थानीयलाई परिचालन गर्छौं।”
नयाँ वर्षको आँगनीमा उभिएर आगामी दिनहरूको स्वप्नील कल्पनामा छ जगत् । नयाँ वर्ष, नयाँ दिन र नयाँ समयको रूपान्तरण मात्र होइन उमङ्ग र सङ्कल्पको सङ्गम पनि हो । महाकवि कालिदासले क्षणे
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । कसिलो मौद्रिक नीतिले उच्च ब्याजदरको चपेटामा परेको भनिएको अर्थतन्त्रलाई मौद्रिक उपकरणमार्फत सहजीकरण गर्न पछिल्लो नीतिले सहयोग गर्न सक्ने केन्द्रीय बैङ्कको अपेक्षा छ । न्यून आर्थिक वृद्धि र उच्च महँगीको चपेटामा परेको अर्थ
डाँडाकाँडा चउर हरिया देखिए पालुवाले, बोकी ल्यायो बकुलवनको बास मीठो हबाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली, गोठालाले वन–वन डुली हाल्न थाल्यो सुसे
दोहो-याएर मान्छेका दुःख गाउन ओर्लिएको छ वैशाख पोखि“दै पीडाम्य दैनन्दिनीको बिस्कुन भएर ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।